जेलबाट छुटेको १ महिनामै काकाको हत्या

महेन्द्रनगर। महोत्तरीमा जेलबाट रिहा भएको १ महिनामा भतिजाले काकाको हत्या गरेका छन्। पिपरा गाउँपालिका–५ बस्ने ५६ वर्षीय रामबहादुर दासको हत्या गरेको आरोपमा उनका भतिज ४५ वर्षका रामनाथ दासलाई प्रहरीले पक्राउ गरेको छ।
 बिहीबार दिउँसो बगैँचामा बसिरहेका रामबहादुरलाई कोदालोले हिर्काएर रामनाथले हत्या गरेको अनुसन्धानबाट थाहा भएको महोत्तरीका एसपी कृष्ण पंगेनीले बताए।

एसपी पंगेनीले अनुसार रामनाथ यसअघि कर्तव्य ज्यान मुद्दामा ७ वर्ष जेल बसेर निस्केका हुन्। पिपरा गाउँपालिका–५ स्थित सहोडवा र एकरैया जाने बाटोको बगैँचामा भएको हत्यामा रामनाथको घरको कोदालो प्रयोग भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।

Advertisementspot_img

ताजा समाचार