प्रदेश न.७ बाट समानुपातिकतर्फ प्रतिनिधि सभामा ५ जना मात्रै छनोट

महेन्द्रनगर। सुदूरपश्चिम प्रदेशबाट समानुपातिकतर्फ प्रतिनिधि सभामा ५ जनाको नाम छनोट भएको छ। प्रमुख राजनीतिक दलहरुले समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यको लागि सुदूरपश्चिम प्रदेशबाट ५ जनाको मात्रै नाम छनोट गरेका हुन्।

थ्रेस होल्ड कटाउन सफल राजनीतिक ती दलहरुले अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशबाट भने निकै कम संख्यामा प्रतिनिधि सभा सदस्यको लागि नाम छनोट गरेको पाइएको हो।समानुपातिक सिट संख्या बाँडफाँट विवरण अनुसार राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूचीमा समावेश रहेका उम्मेदवारबाट प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा बुझाएका छन्। जुनअनुसार नेपाली कांग्रेसले ३२, एमालेले ३४, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ गरी ११० सांसदको सूची बुझाएका हुन्।

नेपाली कांग्रेसले बुझाएको समानुपातिकतर्फको सूची अनुसार सुदूरपश्चिम प्रदेशबाट खस–आर्य महिलातर्फ आरजु राणा देउवा डडेल्धुरा ईश्वरी न्यौपाने ९कैलाली० र दलिततर्फ महासनाइ नेपाली ९बाजुरा०लाई छनोट गरिएको हो ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा सदस्यको लागि सुदूरपश्चिमबाट १र१ जनाको नाम सिफारिस गरेका छन् । नेकपा एमालेले खस आर्यबाट बाजुराका दयाल बहादुर शाहीको नाम छनोट गरेको छ । भने, नेकपा माअ‍ोवादी केन्द्रले थारु महिलातर्फ कैलाली निर्वाचन क्षेत्र नं। १ की रुपा सोसी चौधरीको नाम सिफारिस गरेको हो । यो सँगै सुदूरपश्चिम प्रदेशबाट प्रत्यक्षका १६ सिटसहित २१ जनाले प्रतिनिधि सभामा सहभागी हुने भएका हुन् ।

Advertisementspot_img

ताजा समाचार