बेलडाँडीमा छाेरी जन्मदा ३ हजार (काेसेली)दिन शुरू

महेन्द्रनगर । बेलडाँडी गाउँपालिकामा छोरी जन्माउदा ३ हजार (काेसेली)दिन शुरू गरेको छ ।

बेल्डाँडी गाउँपालिका भित्रका गर्भवती महिलाहरूले छोरी जन्माउदा प्राेत्साहन स्वरूप ३ हजार दिने उपाध्यक्ष काेसेली कार्यक्रम हिजो बुधबार देखि कार्यान्वयनमा अाएको छ ।

गर्भमा रहेको भ्रूणको लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने परिपाटी नेपाली समाजमा मौलाएको देख्दा यसलाई न्युनीकरण गर्नका लागि उपाध्यक्ष कोसेली लागू गरेको बेलडाँडी उपाध्यक्ष शान्ती नाथले जानकारी गराउनु भयो ।

उनले भने “याे समाजमा छाेरी पनि छाेरा सरह हुुुनु भन्ने भनाइलाई कार्यान्वयनमा ल्याउनका लागि यस्तो कार्यक्रमले टेवा पुग्ने बताइन् ।

हिजो राैतेली विचुवा स्वास्थ्य चाैकीमा आयाेजित एक कार्यक्रमका मा ३० जना छोरीजन्म दिने आमाहरुलाई प्रति ब्याक्ति ३ हजारका दरले बितरण गरिएको उहाले बताउनु भयो ।

कोसेली बुझेका महिलाहरू यो कार्यक्रमले खुसी भएका छन् ।

ताजा समाचार