मेधावी सेकेण्डरी स्कुलको १४ औँ वार्षिक उत्सव सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ महेन्द्रनगरस्थित मेधावी सेकेण्डरी स्कुलको १४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका बिच विद्यालयले आफ्नो १४ औँ वार्षिक उत्सव मनाएको हो ।

विद्यालयलले कञ्चनपुर तथा देशकै शैक्षिक क्षेत्र लगायत खेलकुद,सामाजिक लगायत अन्य क्षेत्रमा समेत अह्म भुमिका निर्वाह गर्दै आएको छ । विद्यालयमा हाल ५ सय जना भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । विद्यालयले आफ्नो १४ औँ वार्षिक उत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम प्रदर्शन गर्नुका साथै विद्यालयका उत्कृष्टि शिक्षक/शिक्षिका तथा विद्यार्थीहरुलाई सम्मान गरेको थियो ।

मेधावी सेकेण्डरी स्कुलका व्यवस्थापन समितिका अध्यक्ष गौराज बहादुर लिम्बुको सभापतित्वमा सञ्चालित कार्यक्रमका प्रमुख अथिति भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी रहेका थिए । कार्यक्रममा बोल्दै नगर प्रमुख बोगटीले शिक्षामा सुधार गरे मात्रै देश र जनताको विकास र समृद्धि संभव रहेको बताए ।

‘शिक्षामा सुधार गरे मात्रै देश र जनताको विकास र समृद्धि संभव हुन्छ ।’ उनले भने ‘त्यसैले सबै मिलेर शिक्षामा सुधार गर्नु पर्छ ।’ यस्तै उनले भीमदत्त नगरपालिका नगरको शैक्षिक सुधारका लागि यहाँका निजि तथा सरकारी विद्यालयहरुसंग सहकार्य एवम् सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा भीनपा–१८ का वडाध्यक्ष रविन्द्र देवकोटा,वडा सदस्य हेम बहादुर बस्नेत, समावसेवी लिलाध्वज बस्नेत लगाएत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकार, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

ताजा समाचार