कञ्चनपुरमा १० लाख भन्दा बढीको अवैध औषधि बरामद

महेन्द्रनगर । भीमदत्त नगरपालिका–३ भासीबाट प्रहरीले १० लाख रुपैयाँभन्दा बढीको औषधि बरामद गरेको छ।

भन्सार छलेर अवैध रुपमा भित्र्याइएको उक्त औषधि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भासी पुलमा बेवारिसे अवस्थामा भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डाँगीका अनुसार १० लाख रुपैयाँभन्दा बढीको बराबरको औषधि बरामद भएको हो। प्रहरी टोलीले ८१० थान सेगोप्लेक्स, एक हजार थान बोनभिटा र एक हजार ८० थान न्युरोम्याक्स बरामद गरेकोप्रहरी नायब उपरीक्षक डाँगीले बताए।

बरामद गरिएको औषधि गड्डाचौकी भन्सार कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भैरहेको छ।

ताजा समाचार