स्ववियू निर्वाचन : चार विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा विद्यार्थीलाई बञ्चित गराउन सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी

महेन्द्रनगर । कञ्चनपुरका चार विद्यार्थी संगठनले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा विद्यार्थीलाई बञ्चित गराउन खोजेको भन्दै सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरेका छन । आइतबार चार विद्यार्थी संगठनले सुप विश्वविद्यालयको केन्द्रीय क्याम्पस र रजिष्ट्रार कार्यालयमा तालाबन्दी गरेका छन ।

नेवि कञ्चनपुरका अध्यक्ष कृष्ण पाण्डेय पक्षधर नेवि संघ, नेकपा विप्लव, बहुमत निकट अखिल क्रान्तिकारी र राप्रंपा निकट प्रजातान्त्रिक विद्यार्थी संगठनले सुप विश्वविद्यालय केन्द्रीय क्याम्पसको निर्वाचन समितिको कार्यकक्ष र रजिष्ट्रार यज्ञराज पाठकको कार्यकक्षमा तालाबन्दी गरेका हुन । नेवि संघ कञ्चनपुरका अध्यक्ष कृष्ण पाण्डेले स्थानीय विश्वविद्यालयबाटै विद्यार्थीको हक अधिकार बञ्चित हुने गरी निर्वाचन कार्यबिधी बनाईएकाले सच्याउनुपर्ने माग अघि सारेर दुवै कार्यालयमा तालाबन्दी गरिएको बताए ।

सुदूरपश्चिम विश्वविद्यायले भने निर्वाचन प्रकृया अघि बढिरहेको जनाएको छ । रजिष्ट्रार यज्ञराज पाठकले केही विद्यार्थी संगठनले निर्वाचन कार्यबिधीबारे असहमती जनाएको बताउँदै विद्यार्थी संगठनले अघि सारेका माग बारे छलफल गरिने बताए ।

‘हामीले केन्द्रीय क्याम्पस सहित सबै आंगिक क्याम्पसमा निर्वाचन प्रकृया अघि बढाईसकेका छौँ, ‘रजिष्ट्रार पाठकले भने, ‘निर्वाचनमा विश्वविद्यालयका तर्फबाट सबै समन्वय सहकार्य जारी छ ।’ आगामी ८ चैत्र ०७९मा सुदूरपश्चिम विश्विद्यालयमा स्वतन्त्र विद्यार्थी यूनियन(स्ववियू)को निर्वाचनको मिति तय गरेको छ ।

गत शुक्रबार नेवि संघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी, समाजवादी अनेरास्ववियू, नेकपा बैद्य, विप्लव, बहुमत निकट क्रान्तिकारी, राप्रपा निकट प्रजातान्त्रिक विद्यार्थी संगठनले संगठन दर्ता गराएका थिए ।

Advertisementspot_img

ताजा समाचार