उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

कल्पना साउद/काठमाण्डौ । नेपालको उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहाय यादव निर्वाचित छन्।

उनले संघीय संसद्‍तर्फ १८४(१४५३६ मतभार) र प्रदेश सभासदस्य ३२९(१५७९२ मतभार) गरी ३०,३२८ मतभार प्राप्त गर्दै निर्वाचित भएका हुन्।

उनका प्रतिद्धन्द्धि एमालेकी शाक्यले प्रदेशतर्फ १६९(८११२ मतभार) र संघतर्फ १०४(८२१६ मतभार) सांसदको मत पाइन्।यस्तै, जनमतकी उम्मेद्‍वार झाले प्रदेशतर्फ १५(७२०मतभार) सांसदको पाउँदा संघतर्फ २३(१८१७मतभार) सांसदको मत पाइन्।

उम्मेदवारी निष्क्रिय बनाएकी जसपाकी प्रमिला यादवले प्रदेशतर्फ १ सांसदको मत मात्र पाइन्।नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा शुक्रबार भएको मतदानमा जम्मा ८२९ जना मतदातको मत खसेको थियो। संघीय संसद्‍तर्फ ३११ र प्रदेश सभातर्फ ५१८ मत खसेको निर्वाचन आयोगले जनाएको हो।

Advertisementspot_img

ताजा समाचार