बेलडाँडीमा १५ सैया अस्पतालको सम्झौता गरेको ४ महिना पछि भोलि प्रदेश सभा सदस्य बिष्टद्धारा शिलान्यास गरिदै

बेलडाँडी । बेलडाँडी गाउँपालिकामा बन्न थालेको १५ सैया अस्पतालको शिलान्यास भोलि प्रदेश सभा सदस्य दिवान सिह बिष्टद्धारा गरिने भएको छ ।

बेलडाँडी गाउँपालिकासंग निर्माण कम्पनीले सम्झौता गरेको ४ महिना पछि भोली शिलान्यास गर्ने तयारी थालेको छ । चालू आर्थिक वर्ष २०७९ मंसिर ६ गते बंगलामुखी बैजनाथ जेभीले १६ करोड ५१ लाख ६२ हजार ५ सय ७७ रुपैयाँबराबर लागतमा ६ मंसिर ०८१ मा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको छ ।

अस्पताल बन्ने जग्गा अतिक्रमित भएका कारणले काम गर्नमा ढिला भएको पालिकाले जनाएको छ ।

बेलडाँडीमा अघिल्लो स्थानीय सरकारले अस्पताल निर्माणका लागि ठेक्का प्रक्रिया नबढाएपछि गत वैशाखमा आएको नयाँ स्थानीय सरकारले ठेक्का खोलेर काम सुरु गराएको हो ।

ताजा समाचार