आँपमा फड्के कीरा लाग्न थालेपछि किसान चिन्तित

कञ्चनपुर । जिल्लाको कञ्चनपुर क्षेत्रमा आँप खेतीमा फड्के किरा लाग्न थालेपछि किसान चिन्तित बनेका छन् ।
आँपको पात नै नदेखिने गरी बोटै ढपक्क ढाँकेर फुल्दा किसानहरु खुशी भएका थिए । तर यस क्षेत्रका आपमा अहिले मजुराफूलमा फड्के किराका कारण रोग लाग्ने थालेपछि किसान चिन्तित बनेका हुन् ।
फड्के कीराले खाएर गुलियो लेसिलो पदार्थ आँपको मजुराफूलमा ओकलेपछि मजुराफूलमा ढुसी लागेर झर्ने र दाना नलाग्ने समस्या आउँछ ।
जिल्लाको सबै क्षेत्रमा फड्के कीराको प्रकोप देखिएको छ ।
शु्क्लाफाँटा नगरपालिका-९ सिसैया बस्ने नारन्ती ऐरले पनि आफ्नो घरमा लगाएको आँपका बोटमा कीराको प्रकोप देखिएको बताएकी छन् । उनले फड्के किरा र केहि समय अगाडी आएको बर्षाका कारण मजुराफूल झरेर दाना नलागेकाले यसवर्ष आपँ उत्पादन कम हुने चिन्ता पिरोलिरहेको बताएकी छन् ।
त्यस्तै भीमदत्त नगरपालिका-१९ का आशा रानाको आँप बगैँचामा पनि फड्के किराकोको प्रकोप देखिएको छ । मजुराफूलमा फड्के किराको प्रकोप देखिएर र अहिले ढुसी देखिन थालेको उनको भनाइ रहेको छ ।
बेल्डाँडी गाउँपालीका –२ स्थित सपना सुनारले पनि घरमा लगाएको आँपका बोटमा किराको प्रकोप देखिए पछि रुखको मजुराफूल सखाब भएको उनले बताएकी छन्
फड्के किराको प्रकोप रोक्न बगैचाको सरसफाई गर्ने,दैनिक विषादी जस्तै साईपमेर्थिन, डाईमिथोएट ३० प्रतिशत ई सी १.५ मि ली प्रती लिटर पानीमा मिसाई प्रयोग गर्ने,यसको नियन्त्रणका लागी मजुराफूल फुल्नुअघि ,एक पटक फुल फुली सके पछि दोस्रो पटक र फल केराउको दानाको आकार भएपछि तेस्रो पटक गरी तिन पटक छर्नाले फड्के किरा नियन्त्रण गर्न सकिने कन्चनपुरका कृषि ज्ञान केन्द्रका अधिकृत आशिष पाठकले बताए ।

उनले भने, ‘जिल्लाका प्रायः अधिकांश किसानले प्राविधिक ज्ञान बिना नै विषादी प्रयोग गर्छन्, जसले गर्दा मजुराफूल झर्छ ।कार्यालयमा आएमा औषधी एवम् प्राविधिक सहयोग उपलब्ध गराइने उक्त केन्द्रले जनाएको छ । उनले रोगका किरा र ढुसी लाग्न नदिन सुरुमै किराको प्रकोप नियन्त्रणको उपाय अपनाउन समेत आग्रह गरेका छन् ।

ताजा समाचार