कञ्चनपुर । कञ्चनपुर जिल्लामा प्लास्टिकका झोला, पिलेट, गिलास र गुट्खा बिक्रीमा प्रतिवन्ध लगाएको छ ।
कञ्चनपुर जिल्लामा प्लास्टिकका झोला, पिलेट, गिलास र गुट्खा बिक्रीमा रोक लगाइएको छ। सोमवारको जिल्ला सभाबाट कञ्चनपुरमा प्लास्टिकका झोला, पिलेट, गिलास र गुट्का बिक्रीमा रोक लगाउने निर्णय गरिएको हो।
प्रतिबन्धित झोलाको प्रयोग तथा बिक्री गर्नेलाई कसुरको मात्रा हेरेर ५० हजारसम्म जरिवाना हुनेछ।


