कञ्चनपुरमा ८० वर्षीया वृद्धामाथि बलात्कार

कञ्चनपुर । कञ्चनपुरको दोधाराचाँदनीमा एक वृद्धामाथि जबरजस्तीकरण गर्ने एक जना युवकलाई पक्राउ गरेको छ ।

दोधाराचाँदनी नगरपालिका ७ टाउके टोलका ४० बर्षिया मुकेश क्षेत्रलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ति युवकलाई पक्राउ गरिएको हो। क्षेत्रीले घरमै गएर बलात्कार गरिरहेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले युवकलाई घटनास्थलबाटै पक्राउ गरी अनुसन्धान अघि बढाईएको जनाएको छ ।

Advertisementspot_img

ताजा समाचार