कञ्चनपुर । कञ्चनपुुरको भीमदत्त नगरपालिकामा एक किशोरी माथि बलात्कार भएको छ ।
गयराती १७ बर्षिया किशोरी माथि बलात्कारको घटना घटेको छ । गाँउकै एक युवकले रातीका बेला खेतमा बलात्कार गरेको भन्दै घर परिवारले प्रहरीलाई उजुरी दिएका छन ।
बिहीबार दिउँसो किशोरीको महाकाली अस्पतालमा स्वास्थ्य परीक्षण गराएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रकास डाँगीले घटनाबारे अनुसन्धान भईरहेको जानकारी दिएका छन् ।
पीडित पक्षले घटनाको सत्यतथ्य छानबिन गरेर दोषिलाई कार्बाहीको माग अघि सारेका छन । दोषि भनिएका व्यक्तिको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ ।