लालझाडीका युवा नेता प्रकाश राना खेलकुद समिति सदस्यमा मनोनित

कञ्चनपुर । कञ्चनपुरको लालझाडीका युवा नेता प्रकाश राना कञ्चनपुर जिल्ला खेलकुद समितिमा मनोनित भएका छन ।

रानालाई कञ्चनपुर जिल्ला खेलकुद समितिले जिल्ला सदस्यमा मनोनित गरेको हो ।प्रदेश खेलकुद नियमावली ०७७ परिच्छेद ३.५.१(घ)मा व्यवस्था भए अनुरुप चार बर्षका लागि खेलकुद समिति सदस्यमा मनोनित गरिएको छ ।

कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुवेर खडकाले प्रकाश रानालाई सदस्य मनोनित गरेको पत्र मार्फत जानकारी गराउँदै बधाई दिएका छन ।राना एमाले लालझाडीका युवा नेता हुन ।

उनले खेलकुदले दिएको जिम्मेबारी निर्भिकताका साथ पुरा गर्ने बताएका छन । लालझाडीबाट यसरी खेलकुद जिल्लामा सदस्य मनोनित भएपछि लालझाडीका एमाले नेता कार्यकर्ता सहित अन्य युवा हर्षित भएका छन ।

Advertisementspot_img

ताजा समाचार