महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत याम नारायण गौलीले रक्तदान गरेका छन् ।
मंगलवार रेडक्रस सोसाइटी महेन्द्रनगरमा रगतको अभावले महाकाली प्रादेशिक अस्पतालमा उपचारत विरामीका आफन्तले रगत नपाएको जानकारी पाएपछि प्रमुख प्रशासकिय अधिकृत गौलीले रेडक्रस सोसाइटी पुगेर रक्तदान गरेका हुन् ।