कञ्चनपुरका पत्रकार धामीलाई प्रेस काउन्सिल आचार संहिता पुरस्कार

प्रकाशित मिति:

महेन्द्रनगर । कञ्चनपुरका वरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिंह धामीलाई प्रेस काउन्सिल आचार संहिता पुरस्कार प्रदान गरिएको छ ।

प्रेस काउन्सिल नेपालको ५४औँ वार्षिक उत्सवमा धामीलाई प्रेस काउन्सिल आचार संहिता पुरस्कार प्रदान गरिएको हो । शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले धामीलाई उक्त पुरस्कार प्रदान गरेका थिए ।

ताजा समाचार