कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा उद्यमशीलताको दिगो विकास गर्न निड्स नेपालद्धारा सरोकारवाला निकायहरुसंग अन्तरक्रिया कार्यक्रम गरेको छ।
शुक्रवार होटेल ओपेरामा कोइका, अक्सफाम र निड्स नेपालको साझेदारीमा आयोजना गरेको एक कार्यक्रममा विभिन्न क्षेत्र संघ संस्थाबाट आएका सरोकारवाला निकायवालाहरुसंग भीमदत्त नगरपालिका वडा नं ९ का आप्रवासी परिवारका महिला सदस्यहरुलाई स्वरोजगारी आर्थिक उद्यमशीलता दिगो विकास कसरी गर्ने भन्ने विषयमा छलफल भएको हो ।
उक्त कार्यक्रममा सभापति निड्स नेपालकी निवर्तमान अध्यक्ष अञ्जु जोशी भट्ट , प्रमुख अतिथिमा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशी, विशिष्ट अतिथिमा भीमदत्त नगरपालिका वडा न -९ का वडा अध्यक्ष गगन सिंह कार्की ,अतिथिमा साना तथा घरेलु उद्योगका प्रमुख हेमन्त बहादुर सिंह, कृषि ज्ञान केन्द्रका प्रमुख हरी दत्त जोशी, नेपाल बीमा कम्पनीका राजेन्द्र भट्ट लगायत विभिन्न संघ संस्थाका व्यक्तिहरू र परियोजना संयोजक अनिला चौधरी , परियोजना ई डि ओ मन राज उपाध्याय लगायत करिब ५० जनाहरूको सहभागिता रहेको थियो ।

त्यसैगरी उक्त कार्यक्रममा निड्स नेपालका कार्यकारी निर्देशक भुवराज रेग्मीले स्वदेशमै काम गर्ने तरिकाहरु धेरै रहेको भन्दै उक्त कामहरुको सही सदुपयोग नभएको बताएका छन् । उनले भने, “हामीले उद्यमी हुनुपर्छ र उद्यमीको विकास गर्नुपर्छ, यसका लागि कुनैपनि कामलाई सानो ठूलो नभनेर लाज नमानी स्वदेशमै केही काम गरे उद्यमी बन्नुपर्ने बताएका छन् । ”
त्यसैगरी उपप्रमुख निलम लेखक जोशीले महिलाहरुलाई उदमशीतामा सहभागी हुन र आत्मनिर्भर बनेर अगाडि बढ्ने कुरामा जाहेर गर्दै निड्स नेपाल र पालिकाको सहकार्यमा छलफल गरेर कार्यक्रम गर्ने भन्दै उद्यमीको आवश्यता अनुसारको सीप विकास कार्यक्रम गर्ने प्रतिबद्धता जनाएकी छन् ।

कार्यक्रममा महिलाहरुले उद्यम,व्यवसाय सञ्चालनको सन्दर्भमा भोग्नुपरेका कठिनाइ र चुनौतीका साथै सम्बन्धीत निकायबाट पहल हुनुपर्ने विषयमा समेत विस्तृत छलफल भयो ।
महिला उद्यमशीलता विकासका लागि विभिन्न संघ संस्था सम्बन्धीत निकायले पनि उद्यमशीलता विकास गर्न सुझाव सल्लाहका साथै आफ्नो सम्बन्धीत निकायबाट हुने सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
त्यसैगरी निवर्तमान अध्यक्ष अञ्जु जोशी भट्टले महिलाहरुलाई उद्यमशिलताको दिगो विकास गर्न वा समस्याको पहल गर्न सम्बन्धित निकायमा गएर सुझाव सल्लाह लिएर काम गर्न आग्रह गर्दै कार्यक्रमलाई समापन गरेको हो ।



