कञ्चनपुरमा उराँव समाजको वार्षिक करम पूजा पर्व सम्पन्न

प्रकाशित मिति:

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारीमा रहेको लोपोन्मुख जात उराँव समाजको वार्षिक करम पूजा पर्व सम्पन्न भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ सालघारीस्थित उराँव समाजले शुक्रवार र शनिवार २ दिन एक कार्यक्रम आयोजना गर्दै वार्षिक करम पूजा सम्पन्न गरिएको हो ।

“हाम्रो संस्कृति,हाम्रो पहिचान, संस्कृति जोगाउन हाम्रो अभियान” भन्ने मुल नाराका साथमा वार्षिक करम पूजा सम्पन्न भएको आयोजक समाजका अध्यक्ष अनिल उराँवले जानकारी दिएका छन् ।

उनले आफ्नो मौलिक परम्परा संस्कृतीलाई जोगाउन र अगाडि वंश सम्म आफ्नो रीतिरिवाज परम्परालाई कायमै राख्नका निमित्त कार्यक्रम सञ्चालन गरिएको बताए उनले भने “हाम्रो जातीलाई सरकारले ध्यानाकर्षण गरेको छैन हाम्रो पहुंच माथिल्लो स्तरसम्म नपुगेका कारणले यस समुदायका व्यक्तिले कुनै पनि व्यक्तिले सरकारी सेवा सुविधा नपाएको बताए ।

उनले, आफ्नो समुदायलाई पूजा गर्नका लागी मन्दिरको आवश्यक रहेको बताउँदै स्थानिय सरकारलाई यसमा ध्यान दिन उनले आग्रह गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी सुदूरपश्चिम प्रदेश सभा सदस्य बेलबहादुर राना मगरले आफु पनि आदिवासी जनजातीको छोरा भएको र आफुलाई आफनो रहनसहन संस्कृती मुल्य मान्यताको संरक्षण गर्न आफु गर्ने साथ र सहयोगका लागी आफुले गर्नु पर्ने काम गर्ने बताए ।

यस्तैगरी कार्यक्रमका बिशिष्ट अतिथी भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले उराँव समुदायको संस्कृति, परम्पराको संरक्षण गर्न उराँव समुदायको हक हितका लागि स्थानिय निकायबाट हुने सक्दो सहयोग गर्ने मन्दिर निर्माण लाई पनि पुरा गर्ने काम गर्ने बताए ।

उर्राव समुदायले उक्त कार्यक्रममा आफ्नो संस्कृतिलाई संरक्षण गर्दै आफ्नो भेषभुषामा आफ्नो मौलिक गीतमा प्रतिभा प्रतुत गर्न का साथै मायाको चिनो पनि हस्तान्तरण गरेका थिए ।

ताजा समाचार