इजरायल घटना: परराष्ट्रमन्त्री साउद र इजरायली राजदुत गोडर बिच भेटवार्ता

काठमाण्डौ । परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गर्नुभएको छ ।

आइतबार मन्त्रालयमा बोलाएर उहाँले राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणका बारेमा छलफल गर्नुभएको हो ।

छलफलका क्रममा उहाँले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे कुराकानी गर्नुभएको छ ।

जवाफमा राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिवद्धता जनाउनुभयो ।

उहाँले इजरायलको कठिन समयमा नेपालले व्यक्त गरेको सहानुभूति प्रति नेपाललाई धन्यवादसमेत दिनुभयो ।

ताजा समाचार