कञ्चनपुर । कञ्चनपुर बेलौरी भन्सार कार्यालय परिषरमा झाडी सरसफाईका नाममा रुख काटिएपछि वनले कार्बाही प्रकृया अघि बढाएको छ ।
बेलौरी भन्सार कार्यालय परिषरमा झाडी सरसफाईका नाममा रुख काटिएपछि डिभिजन वन कार्यालय कञ्चनपुरले पाँच जना बिरुद्धमा मुद्दा दायर गरेको छ ।
डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीका अनुसार, बिना ईजाजत रुख बिरुवा काटेको विषयमा वनले उप प्रमुख जोगराज चौधरी, बेलौरी नगरपालिका ६का वडाध्यक्ष भोजराज चौधरी, बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिह विष्ट, पुर्व शिक्षक एव बेलौरी भन्सार निर्माणका लागि पहलकर्ता केशवराज जोशी, स्थानीय युवा मदन सिह बोहरा बिरुद्धमा मुद्दा दायर गरिएको हो ।
डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कडेलले रुख काट्ने प्रकृया नपु¥याउँदा चारै जना जनही ४५ हजार धरौटीमा रिहा भएको बताए ।
उनीहरु बिरुद्धमा वन ऐन ०७६ अनुरुप कार्बाही हुने वनले जनाएको छ । सब डिभिजन वन कार्यालय कुण्डाका प्रमुख दिनेशकुमार यादवले जिम्मेबारी पाएका थिए । गोलिया ११९ क्युफिट र दुई चट्ठा दाउरा वनले नियन्त्रण लिएको थियो । बुधबारै थुनछेक बहस हुनेछ ।
झाडी सफाइको नाममा रूख काटेपछि वडाध्यक्ष भोजराज चौधरीलाई डिभिजन वनले गत असोज पहिलो साता पक्राउ गरेको थियो । संघीय सरकारमातहत रहेको बेलौरी छोटी भन्सार सञ्चालनका लागि १३ साउन ०८० मा वडाकै अगुवाइमा झाडी सफाइ गरिएको थियो। झाडी सफाइका क्रममा सरकारी कार्यालयपरिसरभित्र रहेका रूख कटानी गरिएको भन्दै वडाध्यक्ष चौधरी सहितका बिरुद्धमा उजुरी गरेपछि वनले शुरुमै वडाध्यक्ष पक्राउ गरेर उक्त प्रकरणमा छानबिन अघि बढाएको थियो ।