महेन्द्रनगर । अछामको जयगडमा सञ्चालित अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा भीमदत्त नगरपालिकाले विजयी शुरूवात गरेको छ ।
सोमवार अछामको बान्नीगढी जयगड गाउँपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिका बिच भएको खेलमा भीमदत्त नगरपालिकाले सोझो सेटमा बान्नीगढी जयगड गाउँपालिकाको टिमलाई पराजित गर्दै बिजयी शुरूवात गरेको छ ।