बेलडाँडी रामलीलाको आठौ दिनको रौनक

प्रकाशित मिति:

कञ्चनपुर । बेलडाँडी गाउँपालिकामा सञ्चालन भएको रामलिलाको रौनक बढ्दै गइरहेको छ।

बेल्डाँडी रामलिला समितिद्वारा आयोजित रामलिला गाउँपालिकाको वडा नम्बर २ स्थित रहेको बषपार्क क्षेत्रमा कार्तिक १० गते शुक्रबार देखि सञ्चालन भएको रामलिलामा आज सभापति कम्मन् शिह विष्ट,प्रमुख अतिथीमा बेलौरी नगरपालिकाका मेयर पोतीलाल चौधरी,विशिष्ट अतिथिमा उद्योग वन तथा पर्यटन विकास कार्यालय प्रमुख कालीराम चौधरी,गोपी प्रसाद उपाध्यय,डम्मर बहादुर थापा,भीम राज पन्तलगायत स्थानीय तहका जनप्रतिनिधि,भक्तजनलगायतको उपस्थिति रहेको छ ।

विशिष्ट अतिथी समेत रहनु भएका उद्योग वन तथा पर्यटक विकास कार्यालय प्रमुख कालीराम चौधरीले धर्म, संस्कार, चालचलन संस्कृतिको संरक्षण गर्नु हामी सबैको कर्तव्य हो भन्दै सुदुरपस्चिम प्रदेश सरकारले धार्मिक साँस्कृति लाई मध्यनजर गर्दै रामलिला समितिलाई उत्साह जनक आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो ।

दिनप्रतिदिन रामलीला अवलोकन गर्नेको संख्या बढ्दै गएको छ,दैनिक लगभग ३,४ हजार जना जति दर्शकहरूले प्रत्यक्ष रूपमा उपस्थित भएर अवलोकन गर्ने गरेको रामलिला समितीले जनाएको छ ।

कार्तिक १० गते देखि सुरु भएको रामलीला महोत्सव २४ सम्म हुने उक्त रामलिलामा आज भगवान् राम लक्ष्मण,हनुमान संगको भेट र सीताको खोज नाट्य प्रतिभा प्रतुती रहेको छ ।

ताजा समाचार