प्यारातालको पर्यटन बिकासमा जुट्दै नागरिक: सोमबहादुर मगर दम्पतीद्वारा ताल परिसरमा सेल्फी स्पोट निर्माण

प्रकाशित मिति:

कञ्चनपुर । संरक्षण , प्रचारप्रसार र पर्यटन बिकास गर्न सरकारी निकायहरुले उपेक्षा गरिदै आएको कञ्चनपुरको पुनर्वास नगरपालिका स्थित प्यारातालमा पर्यटन बिकासमा सघाउ पुगाउन सोमबहादुर मगरको दम्पतीले सेल्फी स्पोट निर्माण गरेका छन ।

पहिलो पटक प्यारातालमा पर्यटन बिकासका लागि सुरु गरिएको अभियानलाई सघाउदै पुनर्वास नगरपालिका ९ स्थित बिचफाँटाका होटल ब्यबसायी सोमबहादुर मगर र उनकी धर्मपत्नी दुर्गादेबी मगरले आफ्नो छोरी सम्झना मगरको स्मृतिमा ताल परिसरमा आफ्नो लगानीमा आकर्षक सेल्फी स्पटको निर्माण गरिदिएका छन ।

तालको पर्यटन बिकासमा स्थानीय सरकार समेतले सिन्को नभाँचेपछी जैविक महत्व बोकेको प्याराताल ओझेलमा पर्न बाध्य बनेको छ । सदाबहार जलाशय प्यारातालमा ३५ प्रजातिका माछा , गोहि , कछुवा , दुर्लभ चलचर ओद , सुनगोहोरो लगायतका असंख्य जीवहरुको वासस्थान रहे पनि तालको संरक्षण , बिकास र प्रचारप्रसारमा सरोकारवाला निकायको ध्यान जान नसक्दा ओझेलमा परेको छ । ताल आफ्नै भुमिमा पर्ने भए पनि नेपाली पक्षले अभिभावकत्व निर्वाह गर्न नसक्दा बेला बेलामा भारतीय पक्षले प्यारातालमा हस्तक्षेप गर्दै आएको छ ।

जैविक हिसावले अत्यन्तै महत्वपुर्ण रहेको प्यारातालको पहिचानलाई उजागर गर्दै देशभर चिनाउदै पर्यटन बिकास गर्ने उदेश्यले गत असार अन्तिमदेखी स्वस्फुर्त रुपमा नागरिक अभियान संचालन गरिएको कञ्चनपुरको दक्षिणी क्षेत्रका वरिष्ठ पत्रकार समेत रहेका प्याराताल पर्यटन प्रबर्द्धन तथा संरक्षण समितिका अध्यक्ष दीपेन्द्र बस्नेतले बताए ।तालमा पर्यटन बिकासका लागि सुरु गरिएको अभियानलाई नागरिक समुदायले हृदय देखिनै साथ सहयोग गरि रहेकाले तालमा पर्यटन बिकासका लागि सेल्फी स्पोट र माछाको स्तम्भको निर्माण कार्य पूरा भएको र दुर्लभ प्राणी ओद र कछुवाको स्तम्भ निर्माणाधीन रहेको बस्नेतले बताए ।

पर्यटन बिकासका लागि तालको पहिचान झल्किने स्तम्भहरु निर्माणका लागि गत असार अन्तिम देखि नागरिक स्तरबाट अभियान चलाइएको थियो । अहिले सो अभियानबाट उठेको आर्थिक सहयोग बाट माछाको स्तम्भ तयार भइ सकेको छ । भने तालको जैविक पहिचानलाइ उजागर गर्न दुर्लभ जलचर ओद र कछुवाको स्तम्भ निर्माणाधिन रहेका छन् ।

ताजा समाचार