राप्रपा कञ्चनपुरले सहिद भीमदत्तको सालिक तोडफोड गर्ने कार्यकर्ता रिहाईको माग गर्दै महेन्द्रनगर बन्द

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुरको राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्ना कार्यकर्ता रिहाईको माग गर्दै महेन्द्रनगर बजार आज बन्द गरेको छ ।

राप्रपा कञ्चनपुरले मंसिर ८ गते शुक्रबार दिउँसो महेन्द्रनगरमा गरेको गणतन्त्रको विरोध आन्दोलनमा सहभागी एक समूहले शहीद भीमदत्त पन्तको सालिकमा तोडफोड गरेको थियो । उक्त घटनामा संलग्न १८ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिएपछि राप्रपा कञ्चनपुरले उनीहरूको रिहाइको माग गर्दै आज बजार बन्द गरेको हो ।

आफ्ना कार्यकर्ताहरुलाई नछोडे अनिश्चितकालिन बन्द गर्ने राप्रपाका जिल्ला अध्यक्ष गजेन्द्र चन्दले बताए ।

महेन्द्रनगर बजार आज शनिबार बिहान देखी पुर्ण रुपले बन्द भएको छ । शुक्रबार भएको राप्रपाको आन्दोलनमा १८ जना आफ्ना कार्यक्रतालाई निसर्त छुटाउन शनिबार देखि अनिश्चितकालिन घोषणा गरेको छ । बन्दका कारण महेन्द्रनगरको व्यवसायिक क्षेत्र बन्द भएको छ । यातायात चलिरहेकै छैन,व्यवसायी एव सर्वसाधारणले सास्ती खेप्नु परेको स्थानिय अशोक जोशीले बताएका छन् ।

कञ्चनपुरका प्रहरी प्रमुुख कमल थापाका अनुसार, प्रहरीले पक्राउ परेका सहिदको सालिक तोडफोड गर्ने कार्यविरुद्धमा सार्वजनिक मुद्वा चलाउने, कार्बाही गर्ने जनाएको छ।

ताजा समाचार