महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको ११ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न

प्रकाशित मिति:

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीमा रहेको महालक्ष्मी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ११ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष केशव कपाडीको सभापतित्वमा भएको कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महरा प्रमुख अतिथिमा संस्थाको ११ औँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा संस्थाका अध्यक्ष केशव कपाडीले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले गत आर्थिक वर्ष २०७९/८० मा ५ करोड ८५ लाख ४१ हजार बराबरको वित्तीय कारोबार गरेर रु ११ लाख ५ हजार मुनाफा आर्जन गर्न सफल भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७८/०७९ मा संस्थाले रु ११ लाख २ हजार ७ सय १८ नाफा आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षमा १ करोड ६ लाख १६ हजार ५ सय शेयर पूँजी रहेकामा गत आर्थिक वर्ष २०७९/८० मा शेयर पूँजीमा वृद्धि भई १ करोड ८ लाख १० हजार पुगेको छ । शेयर पूँजीलाई आगामी दिनमा २ करोड पु¥याइने लक्ष्य राखिएको छ ।

गत आर्थिक वर्षमा रु ३ करोड ३९ लाख ६५ हजार संस्थाको बचत रहेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो बचत ३ करोड ३६ लाख ९४ हजार ६ सय ६४ रहेको थियो । यस्तै संस्थाले गत आर्थिक वर्षमा ४ करोड ७१ लाख १४ हजार ऋण लगानी गरेको छ । अघिल्लो आर्थिक वर्षमा १ हजार १ सय ८९ शेयर सदस्य रहेको संस्थामा शेयर सदस्य वृद्धि भई हाल १ हजार २ सय ९१ जना पुगेका छन् । आगामी दिनमा शेयर सदस्यमा थप वृद्धि गर्दै २ हजार पुगाउने संस्थाको लक्ष्य छ ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रण बहादुर महराले सहकारी संस्था प्रगितितर्फ उन्मुख भइरहेको बताउँदै सहकारी संस्थाहरुलाई आवश्यक सहयोग गर्न नगरपालिका तयार रहेको उनले बताए ।

यस्तै महालक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले कार्यक्रमको अवसरमा विभिन्न विधाका उत्कृष्ट १७ जनालाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा शेयरतर्फ हेमन्तराज जोशी,कर्मचारीतर्फ शान्ती साउँद,ऋण तर्फ पुनाराम चौधरी,बचततर्फ बबविता चौधरी,केशव बहादुर कुँवर,गंगा देवी ऐर,कमला भट्ट छन् ।

बाल बचततर्फ सन्ध्या कुमरी ऐर,तिर्थराज भट्ट र जेनिशा पाण्डेय रहेका छन् । खुदु्रके बचततर्फ प्रिया ऐर,तुलसी देवी जोशी छन् । मासिक बचततर्फ भरत बहादुर विष्ट,गृहलक्ष्मी बचततर्फ पार्वती रैखोला,महालक्ष्मी बचततर्फ लक्ष्मी विष्ट,ज्येष्ठ नागरिक बचततर्फ भागरथी गिरी तथा महालक्ष्मी समृद्धि बचततर्फ भागरती राना छन् । उनीहरुलाई प्रमाणपत्र,दोसल्ला सहित सम्मान गरिएको थियो ।

ताजा समाचार