नेपाल प्राज्ञिक संगठनको तेस्रो अधिवेशन सम्पन्न,अध्यक्षमा जोशी

महेन्द्रनगर । नेपाल प्राज्ञिक संगठनको तेस्रो महाधिवेशन संगठनका अध्यक्ष श्री अर्जुन सिंह नेगीको अध्यक्षता तथा सुदूरपस्चिम बिश्वबिद्धालय का उपकुलपती प्रा. डा. अम्मराज जोशीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।

संगठनको तेस्रो अधिवेशनबाट अध्यक्षमा बंशीधर जोशी,उपाध्यक्षमा गम्भीर बहादुर चन्द, महासचिवमा डा.दिपक प्रसाद भट्ट,सचिबमा हर्ष बहादुर चन्द, सहसचिबमा डा. मदन सिह देउपा कोषाध्यक्षमक निर्मला धामी चयन भएका छन् ।

यस्तै सदस्यमा डा. प्रयागराज जोशी राजेन्द्र प्रशाद जोशी,पृथ्वी राज भट्ट,दीपकराज भट्ट,मनिशा उपाध्याय,हेमा जोशी र भानुभक्त जोशी चयन भएका छन् । उक्त कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका शिक्षा शास्त्र संकायका डिन डा. भवान सिंह चलाउने, सहायक डिन डा. मदन सिह देउपा, विभिन्न विभागका विभागीय प्रमुखहरु, प्राध्यापकहरु, विभिन्न विद्यालयका शिक्षकहरूको सहभागिता रहेको थियो ।

शनिबार महेन्द्रनगरको होटेल ओपेरामा सम्पन्न भएको सो कार्यक्रममा सङ्गठनका महासचिव गम्भीर चन्द र सचिव हर्ष चन्दले संयुक्त रुपमा २ बर्षे कार्यकालमा भएका कार्यहरूको प्रतिवेदन प्रस्तुत गरेका थियो । उक्त कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. अम्मराज जोशीले संगठनले गर्दै गरेका कार्यक्रमहरु एवं आत्मसात गरेको उद्देश्यको प्रशंसा गर्दै संगठनको उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नया आजीवन सदस्यहरूलाई आजीवन सदस्यता प्रमाण पत्र समेत प्रदान गरिएको थियो । शैक्षिक अनुसन्धानका विभिन्न क्षेत्रहरू जस्तै समाजशास्त्र,विज्ञान, इतिहास, अर्थशास्त्र, भाषा तथा साहित्यमा भएका अनुसन्धानबाट प्राप्त नतिजाहरू सार्वजनिक गर्ने, विभिन्न शैक्षिक अनुसन्धानका लागी उत्प्रेरित गर्ने यस सम्बन्धि तालिम गोष्ठीहरू सञ्चालन गर्ने, शिक्षकहरूलाई तालिम प्रदान गर्ने तथा समग्रमा विद्यालयहरु तथा विश्वविद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्ने लगायतका उद्देश्यहरु आत्मसात गर्दै २०७४ सालमा गैर नाफामुलक तथा गैर राजनितिक संस्थाको रुपमा यस संगठनको स्थापना भएको थियो ।

उक्त महाधिवेशनले संगठनको विधान संशोधन गर्दै आगामी ३ बर्षको लागी जोशीको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको छ।

ताजा समाचार