कञ्चनपुरको शुक्लाफाँटामा होमस्टे सम्बन्धी सात दिने तालिम सम्पन्न

प्रकाशित मिति:

कञ्चनपुर/मंसिर२८ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा होमस्टे सम्बन्धी सात दिने तालिम सम्पन्न भएको छ ।शुक्लाफाँटा नगरपालिका वडा नं ३ जोनापुरमा रहेको खयरकन्द्रा सामुदायिक होमस्टेको सभाहलमा आज (बिहीबार) शुक्लाफाँटा नगरपालिकाको सहयोगमा मितजी ग्रुपले आयोजना गरेको होमस्टे सम्बन्धी तालिम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी शुक्लाफाँटा नगरपालिका उपप्रमुख कल्पना जोशी पन्त, विशिष्ट अतिथिमा नेपाल नेत्र ज्योति संघका अध्यक्ष डा.भोज राज पन्त, सभापतिमा नरेन्द्र चौधरी,अतिथिमा प्रशिक्षक दिनेश सिंह साउद,शुक्लाफाँटा नगरपालिकाका स्थानिय जनप्रतिनिधि, स्थानिय महिलाहरुहरुको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रम शुक्लाफाँटा नगरपालिकाकाका वडा नं ७,८ र ३ वडा लाई लक्षित गरी मंसिर २२ देखि २८ गते सम्म होमस्टे सम्बन्धी तालिम संचालन भएको मितजी ग्रुपका अध्यक्ष भास्कर पन्तले बताए। उनले उक्त क्षेत्रमा होमस्टे सञ्चालन गरेका व्यत्तिहरुलाइ कसरि होमस्टे सञ्चालन गर्ने पर्यटकहरू लाई कसरी भित्र्याउन भन्ने सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको बताएका छन् ।

उक्त पालिका वडा नं ३ बस्ने ज्योति चौधरीले “आफूले ७ दिनको होमस्टे सम्बन्धी तालिम कार्यक्रममा होमस्टेका कसरी चलाउने, त्यसको व्यवस्थापन कसरी गर्ने,पर्यटकलाई स्वागत,सत्कार,आगमन कसरी गर्न सकिन्छ,उहाँहरुलाई खानामा के खुवाउने बस्ने लगायत खाना पकाउने ठाउँ कसरी सरसफाई राख्ने,मनोरञ्जन कसरी गराउने लगायत आफ्नो संस्कृति झल्काउने किसिमको व्यवस्थापन गर्दा पर्यटकहरूको बढी आगमन गर्न सकिन्छ र पर्यटकहरू भित्रिन्छन् भन्ने कुरा उक्त तालिममा सिकेको बताइन्।

खयरकन्द्रा सामुदायिक होमस्टेका अध्यक्ष पुरन डङ्गौराले होमस्टे सञ्चालन गरेता पनि उक्त क्षेत्रमा पर्यटकिय स्थल नभएको कारण बढी पर्यटक भित्र्याउन नसकेको गुनासो गर्दै पर्यटकहरू भित्र्याउन एउटा खैकन्द्र ताल पर्यटकिय क्षेत्र बनाउनलाई व्यवस्थापन गर्न र बाटोघाटो निर्माण गर्न र होमस्टेको बारेमा प्रचार प्रसार गर्न आवश्यक रहेको बताए ।

उक्त कार्यक्रममा सभापति रहेका शुक्लाफाँटा नगरपालिकाकाका वडा नं ३ का वडा अध्यक्ष नरेन्द्र चौधरीले, आफ्नो संस्कृति विशेषताले प्रबंधन गर्नु हाम्रो जिम्मेवारी हो । भन्दै उनले,”स्थानिय बासिन्दाहरूले होमस्टे मार्फत आफ्नो संस्कृति झल्काएर पर्यटक भित्र्याउने र आर्थिक पाटोलाई जोडेर आय आर्जन बढाउने कुरामा जोड् दिएका छन् ।

यसै गरी उक्त कार्यक्रममा प्रमुख अतिथि शुक्लाफाँटा नगरपालिका उपप्रमुख कल्पना जोशी पन्तले,”पर्यटक भित्र्याउन उक्त पालिका का वडा नं ३,७ र ८ मा सम्भावना रहेको भन्दै स्थानीय बासिन्दाहरुले सिकेका कुराहरूलाई मध्यनजर गर्दै होमस्टेलाई राम्रोसंग सञ्चालन गरेर आय आर्जन बढाउने कुरामा जोड् दिँदै उक्त होमस्टेको योजनाको लागि पालिकाबाट हुने सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएकी छन् ।उक्त कार्यक्रममा सहभागी सबैलाई प्रमाण पत्र दोसल्ला ओढाएर फुलमाला लगाई सम्मान गरेको थियो ।

ताजा समाचार