कञ्चनपुर। पशुमा एन्टिबायोटिक औषधीको दुरुपयोग बढ्दै गएको छ।
चिकित्सकको सल्लाहअनुसार औषधीको प्रयोग नगर्नाले पशुमा एन्टिबायोटिक बढ्दै गएको कञ्चनपुर भेट्नारी पशु कार्यालयका डा.प्रदीप राज पन्तले बताएका छन् । उनका अनुसार, एन्टिबायोटिक औषधीको प्रयोग मानिस र पशुमा जीवाणु संक्रमणको उपचारको लागि प्रयोग गरिन्छ । तर उक्त औषधिको प्रयोगमा लापरबाही भएमा यही औषधी मानिस तथा पशु दुवैको मृत्युको कारणपनि बन्न सक्ने बताएका छन् ।”
उनले भने,”एन्टिबायोटिकको दुरुपयोगका कारण धेरै जसो जीवाणु यी औषधीको प्रतिरोध गर्न सक्षम भएका छन्, जसका कारण यिनमा यी औषधीको प्रभाव शून्य वा कम हुने गर्छ । यस्ता प्रतिरोधी क्षमता भएका जीवाणु वातावरणमा फैलिएर पशु तथा मानिसमा ज्यान लिने संक्रामक रोगका कारण बनिरहेका छन् ।
अधिकतम मानिसहरू चिकित्सकको सल्लाह नलिएर पशुको वृद्धि विकास छिटो छरितो गर्नका निमित्त एन्टिबायोटिक औषधीको प्रयोग गरिरहेका हुन्छन् जसको प्रभाव पशुमा पर्छ र त्यस पशुको मासु, दूध खाए मानिसमा पनि एन्टिबायोटिकको प्रभाव पार्ने भएकाले मानिस तथा पशु दुवैलाई एउटा ठूलो खतरा बन्न पुगेको छ । बढी जस्तो एन्टिबायोटिक औषधिको प्रयोग बोईलर कुखुरा वृद्धि गर्न प्रयोगमा आउने गरेको डा. पन्तको भनाइ रहेको छ। पशुपालनमा एन्टिबायोटिकको दुरुपयोग लाई निराकरण गर्न यस समस्यालाई सरकारले गम्भीर रूपमा लिनु पर्ने भएकाले सरकारले यसका निमित्त जनचेतना मुलक कार्यक्रम गर्न आवश्यक रहेको भन्दै पशुको परीक्षण बिना जथाभावी औषधि नदिन भेट्नरी अस्पताललाई समेत आग्रह गरेका छन् ।
पशुहरुमा एन्टिबायोटिक औषधिहरूको उपयोग मुख्य रूपमा संक्रमित पशु बिरामीलाई जीवाणु संक्रमणको उपचार तथा अन्य कारणहरू जस्तै रोगहरूको नियन्त्रणको लागि, पशुहरूको शारीरिक विकास वृद्धिको लागि विभिन्न प्रकारका एन्टिबायोटिक औषधिहरूको उपयोग प्रयोग गरिँदै आएको कृषक प्रकाश मालीले बताएका छन्।
उनले भने,”एन्टिबायोटिक औषधिहरू पशुलाई दानापानी अथवा इन्जेक्सन चिकित्सकीय सल्लाहअनुसार दिइन्छ। तर, यही एन्टिबायोटिक औषधि दुरुपयोगको कारणले पशु सँगै मानव स्वास्थ्यलाई असर पर्ने बारे आफूलाई कुनै जानकारी नभएको मालीले बताएका छन् ।”
यसैगरी बाख्रा पालन गर्ने कृषक निर्मल कठायतले पनि पशुमा लाग्ने रोगको रोगथाम र पशुको वृद्धि विकासका लागि एन्टिबायोटिक औषधिको प्रयोग गरेता पनि उक्त औषधीको प्रयोग बारे आफूलाई त्यति ज्ञान नभएको भन्दै आफूले पशुको लागि कुनै औषधि किन्दा पशुको स्वास्थ्यलाई चेक गरेर भेट्नरीबाट औषधि ल्याएर दिने गरेको बताएकी छन् ।
एन्टिबायोटिक औषधिहरू प्रयोगबारे किसान समेत अनविज्ञ रहेका छन् । उक्त एन्टिबायोटिक औषधिहरूको प्रयोग उचित विधिअनुसार तथा सम्बन्धित चिकित्सकको सल्लाहअनुसार प्रयोग गर्नुपर्छ। यी औषधिहरूको उपयोगमा लापरबाही भएमा मानिस तथा पशुहरू दुवैमा मृत्युको कारण बन्न सक्छ। एन्टिबायोटिकको अधिक वा कम मात्रा प्रयोग गर्दा अत्यधिक नोक्सानी पु¥याउँछ। त्यसैले एन्टिबायोटिक नै सबै खाले रोगको समाधान नभई एन्टिबायोटिक औषधिको दुरुपयोग हुन नदिन जनचेतना फैलाउनु पर्ने खाँचो रहेको विज्ञहरुको भनाई रहेको छ् ।



