कञ्चनपुरमा “जाउँ है पोखरा” अभियान

प्रकाशित मिति:

महेन्द्रनगर । सुदुरपश्चिम क्षेत्रको दिगाे पर्यटन विकासको लागि सडक र हवाई सेवामा सहज पहुँच बनाउनु पर्ने व्यावसायीले माग गरेका छन् । नेपालका प्रमुख पर्यटकीय गन्तव्य पाेखरा, काठमाडौं लगायतका क्षेत्रहरू सम्म पर्यटकहरुलाई सहज रूपमा आउँन तथा जानको लागि सडक संञ्जाल र हवाई मार्गको सहज पहुँच आवश्यक भएको व्यवसायीहरुले माग गरेका हुन् । त्यसैगरी यस वर्ष पोखराबाट सुरु भएको “जाउ है पोखरा” अभियान २०८० साल अन्तर्गत सोमबार बेलुका महेन्द्रनगरमा आयोजित पर्यटन व्यवसायी सहित विभिन्न नगरपालिकाका नगर प्रमुख एवम् संघ संस्थाका पदाधिकारीहरु बिचको छलफलमा सहभागिहरुले दिगो पर्यटनको लागि सडक र हवाई मार्गको सहज पहुँच नभए भारतकाे नैनिताल देखि अन्य ठाउँमा पर्यटक पुग्ने गरेकाे दाबी समेत गरेका छन् ।

अबको पर्यटन विभिन्न पर्यटकीय गन्तव्यहरुको एकिकृत ढंगले समन्वय र सहकार्य गरी अघि बढेमा मित्र राष्ट्र चिन र भारत जस्ता विश्वका धेरै जनसङख्या भएको मुलुकबाट १ देखि २ प्रतिशत मात्र घुमफिरमा हिडेका पर्यटकलाई आकषर्ण गर्न सकिने व्यवसायीहरुले बताएका छन् । त्यसैगरी पर्यटन व्यवसायी परमानन्द भण्डारीले पोखराका लागि सिधै हवाई उडान नहुने र काठमाडौं गएर मात्र पोखरा जानुपर्ने बाध्यताले आफुहरुलाई भारतको दिल्ली जान सहज र सरल भएको बताए । उनले भने, “भारतकाे सिमावर्ती क्षेत्र उत्तराखण्ड लगायतबाट नेपाल घम्न आउँने पर्यटकहरूले पाेखरा, काठमाडौं लगायतका क्षेत्रहरूमा जान महेन्द्रनगरबाट करिब २४ घण्टा भन्दापनि बढी समय लाग्ने गरेकाे उनले बताए ।”
त्यसैगरी भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले
होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेशको आयोजनामा भएको “जाउँ है पोखरा” अभियान कार्यक्रममा सुदूरपश्चिमका बर्दिया, शुक्लाफाँटा, दोधारा चाँदनीको झोलुङ्गे पुल, लिङ्गा, बेदकोट ताल, भम्केनी धाम, खप्तड लगायतका पर्यटकिय क्षेत्रहरूलाई एकीकृत रूपमा प्रर्वद्धन गर्ने योजना अघि बढाएको बताए ।

उनले भने, “धनगढीबाट सिधै पोखरा उडानका लागि स्थानीय र प्रदेश सरकारले नै सहकार्य गरेर वातावरण बनाउने र केन्द्र सरकारलाई दबाब दिनुपर्छ ।, विदेशी पर्यटकहरूलाई लुट्नुपर्छ जस्तो नीतिले पर्यटन नचल्ने भन्दै उनले केन्द्र सरकारले नीतिमा नै सुधार ल्याउनुपर्ने उनले बताएका छन् ।” त्यसैगरी वेदकोट नगरपालिकाका नगरप्रमुख भोजराज बोहोराले हवाई उडानबाट पोखरा जाँदा काठमाडौं हुँदै जानुपर्ने बाध्यता रहँदा बढी खर्चिलाे र बढी समय लाग्ने समस्या भएकाे बताए । उनले भने, “पोखरासंगको कनेक्टिभिटी सहज हुनुपर्छ, पर्यटकीय राजधानी मानिने पोखरासम्म आफुहरुले जानको लागि समस्या हुनाले पोखरा र यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा कठिनाई भएको छ् । पर्यटकीय सम्भावना प्रचुर रहेको तथा धेरै कुमारीत्व भएकाे सुदूरपश्चिमको प्रचारप्रसार हुन नसकेकाे उनले बताए ।”

त्यसैगरी नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश पोखरा कार्यालयका वरिष्ठ अधिकृत कुन्दन मिश्रले पर्यटन वोर्ड निजी क्षेत्रको मागमा स्थापना भएको स्मरण गर्दै निजी क्षेत्रबाट सुरु भएको बताए । उनले भने, “भारत र चीनबाट घुमघाममा निस्कने पर्यटकहरुको जनसंख्याको एक प्रतिशत मात्र पर्यटक नेपाल ल्याउन सकेमा पनि नेपालको पर्यटन क्षेत्रमा कायापलट हुन्छ । सीमावर्ती क्षेत्रका सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गर्दा भारतीय पर्यटक भित्र्याउन मद्दत पुग्ने आफुहरुले विश्वास लिएको मिश्रले बताए ।” त्यसैगरी
कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पितम्बर जोशीले भारतबाट आउने पर्यटकलाई सीमा क्षेत्रबाट प्रवेश गरेपछि सहज यात्राको व्यवस्था गर्नुपर्ने माग गरे उत्तराखण्डसंग जोडिएको महेन्द्रनगर नाका देशका लागि प्रशस्त मात्रामा पर्यटक भित्र्याउन सक्ने नाका भएको बताए । उनले भने, “लामो यात्रा र विग्रेको सडकले पर्यटकलाई सास्ती हुने भन्दै महेन्द्रनगरबाट लक्जरी पर्यटकीय बस सञ्चालन गर्ने र धनगढीबाट पोखरासम्म सिधा हवाई उडान गर्नुपर्नेमा अध्यक्ष जोशीले बताए ।”

होटल संघ कञ्चनपुरका अध्यक्ष जगदिशचन्द्र भट्टले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, खप्तड, अपि सैपाल लगायत पर्यटकीय र ऐतीहासिक धरोहर उक्त प्रदेशमा भएता पनि प्रचारप्रसार हुन नसकेको गुनासो गरेका छन् । त्यसैगरी होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पोखरा प्राकृतिक, संस्कृति र साहसिक पर्यटकका लागि महत्वपूर्ण स्थल रहेको दाबी गरे । “जाउँ है पोखरा” अभियान पोखराका पर्यटन व्यवसायीको मात्र नभएर साझा अभियान भएको उनले बताए । पर्यटनसंग सम्बन्धित समस्या व्यवसायीका साझा समस्या रहेकाले मिलेर समाधानका उपाए खोजिनुपर्नेमा सुवेदीले बताए । होटल संघ पोखराका सचिव पार्वती पाण्डेले मंसिर २९ गते शुक्रबारबाट सुरु भएकाे “जाउँ है पोखरा” अभियान विभिन्न कार्यक्रम सहित लुम्बिनी, नेपालगन्ज, धनगढी हुँदै महेन्द्रनगर पुगेर समापन भएको बताइन् ।

टोलीमा पोखराबाट होटल संघ सहित पर्यटन सम्बद्ध संघसंस्थाका प्रतिनिधि र पत्रकार सहभागि भएका संघ पोखराका उपाध्यक्ष दीपक श्रेष्ठले बताए । त्यसैगरी उक्त टोलीमा २० जना सहभागि भएको र उक्त अभियान संघले २० वर्ष अघिदेखि नै सुरू भएकाे संघका सहकाेषाध्यक्ष वैभव पाैडेलले बताए । उनले संघले भारतीय पर्यटकलाई आकर्षण गर्न चलिय पाेखरा अभियान गर्दै आएकाे उनले बताए ।

ताजा समाचार