महेन्द्रनगर । गाईलाई हिन्दु समुदायमा माता र लक्ष्मीका रूपमा लिइन्छ । अरु घरपालुवा जनावरभन्दा गाईलाई विशिष्ठ मानिन्छ । पवित्र र गुणी पशु हो, गाई । हामी गाईलाई पुज्छौं ।
लगभग ९ हजार ५ सय बर्षअघि गुरु वशिष्ठले गाईको कुल विस्तार गरेका र केहि नयाँ प्रजाति समेत विकास गरेका थिए । त्यसयताका गाईको ९–१० नश्ल थियो, जसको नाम कामधेनु, कपिला, देवनी, नन्दनी, भौमा आदि थियो ।
कतिसम्म भने कामधेनु गाईका निम्ति गुरु वशिष्ठदेखि विश्वमित्र सहित केहि राजाहरुले कति पटक त युद्ध नै गरेका कुरा विभिन्न पुस्तकमा उल्लेख छ । ३३ कोटी देवता– हिन्दु धर्म अनुसार गाईमा ३३ कोटी देवताले निवास गर्छन् । कोटीको अर्थ करोड होइन, प्रकार हो । यस अनुसार गाईमा ३३ प्रकारको देवता निवास गर्छन् । सकारात्मक उर्जाको भण्डार– वैज्ञानिक शोधबाट थाहा भएअनुसार गाईमा जति सकारात्मक उर्जा हुन्छ, अरु प्राणीमा हुँदैन । वैज्ञानिकका अनुसार गाइ एकमात्र यस्तो प्राणी हुन्, जो अक्सिजन ग्रहण गर्छ र अक्सिजन नै छाड्छन् ।
जबकी मानिस लगायत सबै प्राणी अक्सिजन लिन्छ र कार्बनडाईअक्साइड छाड्छ । घरको आसपास गाई छ भने संक्रमण रोग, चिसो, कफ आदिको समस्या नहुने विश्वास गरिन्छ । गाईको सूर्यकेतु नाडी–गाईको मेरुदण्डको हड्डीमा सूर्यकेतु स्नायु हानिकारक विकिरण रोकेर वातावरण स्वच्छ बनाइ राख्छ ।
यो पर्यावरणका लागि लाभदायक हुन्छ । साथै, सूर्यकेतु नाडी सूर्यको सम्पर्कमा अउनका लागि यहाँ स्वर्णको उत्पादन गर्छ । गाइको शरीरमा उत्पादन हुने यो सुन गाईको दुध, मुत्र र गोबरमा मिल्छ ।
पंचगव्य– पन्चगव्य केहि रोगमा लाभदायक मानिन्छ । यसको निर्माण गाईको दूध, दही, घिउ, मुत्र र गोबरबाट हुन्छ । पञ्चग्यद्वारा शरीरको रोग प्रतिरोधात्मक क्षमता बढ्छ । गाईको दूध र घिउ अमृतसमान हो । दहीले पाचन यन्त्र स्वस्थ्य राख्छ । यसमा सुपाच्य प्रोटिन एवं लाभकारी जीवाणु हुन्छ ।
बैज्ञानिकका अनुसार गाईको गोबरमा भिटामिन बि–१२ प्रचुर मात्रामा पाइन्छ । गौमुत्र सर्वोत्तम औषधीको रुपमा लिइन्छ । यसको सेवनले कतिपय रोग समेत निर्मूल हुन्छ । सबैले पुजा गर्ने गाईलाई पछिल्लो समय कैलाली–कञ्चनपुरमा केही व्यक्तिहरुले गाईप्रति अमानविय व्यवहार गरिरहेका छन् । पछिल्लो केही वर्षयता गाईलाई दुध दिन छाडेपछि सडकमा छाड्ने र ब्याउने बेला घर लगेर जाने अमानविय कार्य गाईमाथी हुदैँ आएको छ ।
त्यसरी छाडिएका गाईहरु प्रत्यक दिन सडक दुर्घटना, जाडोमा कठ्याङग्रिएर, विभिन्न रोग लगाएतका कारण मर्ने गरेका छन् । सबैले पुजा गर्ने गाई मातालाई मानवता नभएका केही व्यक्तिहरुले दुध दिँदा सम्म दुध खाने र दुध दिन छाडेपछि त्यो गाई र बाच्छीलाई लगेर सडकमा छाड्ने त्यस्ता व्यक्तिहरुलाई ३३ कोटी देवताको बास भएको गाईको पाप लाग्दैन होला र ?


