आदर्श विद्या निकेतन व्याडमिन्टन प्रतियोगिता सम्पन्न

महेन्द्रनगर । आदर्श विद्या निकेतनद्वारा आयोजित विद्यालय स्तरीय ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । पुस १ गते शुरु भएको प्रतियोगितामा १२ विद्यालयबाट ६० जना खेलाडिहरु सहभागी भएका थिए ।

प्रतियोगितामा सिनियर सिङ्गल्स,जुनियर सिङ्गल्स, महिला सिङ्गल्स, पुरुष डबल्स गरि ४ इभेन्ट आयोजना भएको आयोजकले जनाएको छ । आयोजक आदर्श विद्या निकेतनका अनुसार सिनियर सिङ्गल्स तर्फ प्रथम सार्क एजुकेशनका राकेश चन्द, द्वितीय आदर्श विद्या निकेतनका अनुभव बोहरा र तृतीय आर्दश विद्या निकेतन कै सुदिप जोशी र दिपेश कुमाल भएका छन् ।

जुनियर सिङ्गल्स तर्फ प्रथम ग्लोबल एकेडेमीका आशिष खत्री, द्वितीय इन्टरनेसनल पब्लिक स्कुलका उदय चन्द र तृतीय ग्लोबल एकेडेमीका निलय भट्ट र सार्क एजुकेसनका हिमान्स पाल भएका छन् । महिला सिङ्गल्स तर्फ लिटिल बुद्व एकेडेमीका आयुष्मा थापा, रेडियन्ट स्कुलका अनुष्का बिष्ट र आदर्श विद्या निकेतनका प्रतिज्ञा चन्द, इन्टरनेशनल पब्लिक स्कुलका पुस्पा सिंहले क्रमश प्रथम, द्वितीय, तृतीय उपाधी हात पारेका छन् ।

यस्तै पुरुष डबल्स तर्फ प्रथम ग्लोबलका निलय भट्ट र आशिष खत्री, द्वितीय आदर्श विद्या निकेतनका अनुभव बोहरा र सन्दिप जोशिको जोडि भएको छ । प्रतियोगितामा जुनियर, सिनियर र महिला सिङ्गल्स तर्फका खेलमा प्रथम द्वितीय, तृतीय हुने खेलाडिहरुले क्रमश: ३ हजार ५ सय नगद, मेडल र प्रमाणपत्र, २ हजार नगद, मेडल र प्रमाणपत्र र १ हजार नगद, प्रमाणपत्र पाएका छन् ।

यस्तै पुरुष डबल्स तर्फको खेलमा प्रथम हुने खेलाडीहरुले ५ हजार नगद, मेडल र प्रमाणपत्र र द्वितीय हुने खेलाडिहरुले ३ हजार नगद, मेडल र प्रमाणपत्र पुरस्कार पाएका छन् । आदर्श विद्या निकेतनले अतिरिक्त क्रियाकलाप अन्तर्गत निरन्तर यस्ता खेलकुद प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ ।

ताजा समाचार