महेन्द्रनगर/पुस ४ । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ मामा भान्जा चोकस्थित लाईन्स नोबल कपडा बैँकले निशुल्क कपडा वितरण गरिएको छ ।
आज शनिवार लाईन्स नोबल कपडा बैँकले विपन्न,गरीब वर्गलाई लक्षित गर्दै चिसो मौसममा लगाउने लुगाहरु निशुल्क वितरण गरेको हो ।

कपडा आवश्यक भएमा महेन्द्रनगरको भगतपुरमा रहेको लाईन्स नोबल कपडा बैँकमा हप्ताको शनिवार बिहानदेखी बेलुकी सम्म कपडा आवस्यक भएका जुनसुकै व्यक्तीले कपडा लैजान सक्ने र आफुसंग भएका पुरानो, छोटो कपडा दिएर सहयोग गर्न सकिने लाईन्स क्लब अफ महाकाली महेन्द्रनगरका सचिव भाष्कर पन्तले जानकारी दिएका छन्।
यसरी संस्थाले निशुल्क कपडा वितरण गर्दा यो चिसो मौसममा न्यानो कपडा पाउँदा स्थानियहरु खुसी भएका छन् ।
विगतका दिनमा पनि उक्त संस्थाले कपडाहरु संकलन गरेर जिल्लामा रहेका बिभिन्न क्षेत्रमा विपन्न,गरिब वर्ग,असहाय, असक्त तथा आर्थिक अवस्था न्यून भएका व्यक्तिलाई निशुल्क कपडा वितरण गर्दै आएको छ ।




