आइटी जोन कम्प्युटरद्वारा अडिट कोर्स गर्ने १६ जना बिद्यार्थीहरुलाई पुर्ण छात्रवृत्ति

प्रकाशित मिति:

पवन औजी/कञ्चनपुर । कंचनपुरको महेन्द्रनगरमा रहेरको आइटी जोन कम्प्युटरले अडिट कोर्समा पुर्ण छात्रवृत्ति प्रात गरेका बिद्यार्थीलाई प्रमाणपत्र र ल्यापटप प्रदान गरेको छ ।

एक कार्यक्रमको आयोजना गर्दै १६ जना बिद्यार्थीहरुलाई पुर्ण छात्रवृत्ति र एक जनालाई लक्की ड्र मार्फत ल्यापटप समेत प्रदान गरेको हो । कम्प्युटर सिकाउदै र यसै क्षेत्रमा रोजगारी समेत दिदै आएको कुरा बताउदै मेहनती र जेहेन्दार जस्ले प्रबेस परीक्षामा ९०% भन्दा माथी अंक ल्याएर पुर्ण छात्रवृत्ति दिइएको आइटि जोन कम्प्युटरका प्रमुख जनक भट्टले जानकारी दिनु भयो ।

पुर्ण छात्रवृत्ति पाउनेमा अर्चना डङ्गौरा , भावना धानुक , चाक्र देव भट्ट , डम्बर महरा , कल्पना ठगुन्ना , कमल धानुक , कपिल सिंह , मनिसा कुवर, भावना थापा , लक्ष्मी धामी , नरेश पाण्डेय , सुनिल बिक , सरस्वती धामी , रुकुम सिंह ठगुन्ना , लक्ष्मी जोसि र कुस्माकार पन्त रहेका छन ।

लक्की ड्र मार्फत स्नेहा चन्दले लेनोभो कम्पनीको नया ल्यापटप पाउनु भएको आइटी जोन कम्प्युटरका प्रमुख भट्टले जानकारी दिनु भयो । उहाहरुले पुर्ण छात्रवृत्ति पाएकोमा खुसी समेत व्यक्त गर्नु भयो । अहिलेको युग टेक्नोलोजीको युग भएकाले सो कुरालाई मध्यनजर गरि बिद्यार्थीहरुको उज्ज्वल भबिस्य होस भन्ने हितले सुब्यवस्थित ढङ्गले कम्प्युटर सिके पश्चात् पनि रोजगारी समेत दिदै आएको बताउदै आइटि जोन कम्प्युटर सेन्टरले आगामी दिनमा पनि यी यस्तै कार्यक्रमको आयोजना गर्दै बिद्यार्थीहरुलाइ हौसला सम्मान र रोजगारी समेत दिदै अझ ब्यवस्थित तरिकाले अगाडि बढ्ने उहाँले बताउनु भयो । उक्त कार्यक्रम सञ्चालन उद्घोषक पवन औजीले गर्नु भएको थियो ।

ताजा समाचार