चेस च्याम्पियनसिप-२०८० को उपाधी इन्टरनेशनल पब्लिक स्कुललाई

महेन्द्रनगर । कञ्चनपुर जिल्ला स्तरीय विद्यालय टिम चेस च्याम्पियनसिप-२०८० को उपाधी इन्टरनेशनल पब्लिक स्कुलले जितेको छ ।

कञ्चनपुर जिल्ला चेस संघको आयोजनामा पुस ९ र १० गते संचालित जिल्ला स्तरीय बिद्यालय टिम चेस च्याम्पियनसिप-२०८० मा प्रथम र द्वितीय स्थान इन्टरनेशनल पब्लिक स्कुल र तृतीय स्थान लिटिल बुद्व एकेडेमीले हात पारेको छ । प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुने विद्यालयका खेलाडीहरुलाई क्रमश: ६ हजार, ४ हजार र ३ हजार नगद ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको कञ्चनपुर जिल्ला चेस संघले जनाएको छ ।

मंगलवार भीमदत्त नगरपालिकाका उप प्रमुख नीलम लेखक जोशी, कञ्चनपुर जिल्ला चेस संघका अध्यक्ष टेकेन्द्र राज पाठक, सुर्य लाइफ इन्स्योरेन्सका मेनेजर शारदा अवस्थी लगाएतको उपस्थितिमा खेलाडिहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख लेखकले पछिल्लो समय युवाहरु लागू औषध दुर्व्यसनिमा फसिरहेको अवस्था रहेको भन्दै लागू औषध दुर्व्यसनि न्यूनीकरणका लागि युवाहरुलाई यस्ता खेलकुदमा जोड्न जरुरी रहेको बताइन ।

यसअघि समेत इन्टरनेशनल पब्लिक स्कुलका खेलाडिले मंसिरमा सम्पन्न प्रदेश स्तरीय र्यापिड चेस प्रतियोगिताको उपाधी हात पारेका थिए ।

ताजा समाचार