कञ्चनपुरमा पौष १५ गतेदेखि १८ गतेसम्म ‘ प्याब्सन फेस्टिबल’ खेल हुने 

प्रकाशित मिति:

कञ्चनपुर/पुस१२ । कञ्चनपुरमा पौष १५ गतेदेखि १८ गतेसम्म ‘ प्याब्सन फेस्टिबल’ खेल हुने भएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सनले आयोजना गरेको ‘ प्याब्सन फेस्टिबल’ खेल मिति २०८० साल पौष १५ गते देखि १८ गतेसम्म महेन्द्रनगरको कभर्ड हलको मैदानमा सन्चालन हुने भएको हो।

उक्त प्याब्सन फेस्टिबल खेलमा कञ्चनपुर जिल्ला भरिका ५० भन्दा बढी निजी तथा सरकारी विद्यालयका एक हजार भन्दा बढी विद्यार्थीहरू खेलमा समावेश हुने प्याब्सन जिल्ला अध्यक्ष अमराज भट्टले जानकारी दिएका छन्। उक्त खेल प्रतियोगितामा पहिलो, दोस्रो तेस्रो हुने टिमलाई सिल्ड, म्याडल पुरस्कारको व्यवस्था गरिएको छ । 

उक्त प्रतियोगिताको खेल पुस १५ गते महेन्द्रनगरको कभर्ड हलको प्राङ्गणमा बिहान ९ बजे परराष्ट्र मन्त्री एनपी साउदद्वारा उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।

उक्त खेलका नियमहरु थप जानकारीका लागि तलको तालिकामा उल्लेखित छ ।

ताजा समाचार