मार्मा गाउँपालिकामा ६ नम्बर वडाद्वारा विद्यालयहरूमा ग्यास सिलिन्डर बितरण

प्रकाशित मिति:

दार्चुला: सञ्जु महर/पुस१२ । दार्चुलाको मार्मा गाउपालिका वडा नम्बर ६ ले वडाभित्र रहेका सम्पुर्ण विद्यालयहरुलाई ग्याँस सिलिण्डर र चुलो बितरण गरेको छ ।
आज बिहिबार ग्यास वितरण कार्यक्रममा वडाअध्यक्ष शन्तोषसिंह कोट्टारीको अध्यक्षता र निवर्तमान वडाअध्यक्ष महादेब सिंह डडाल,नौ वटै विद्यालयका प्र.अ. अन्य शिक्षक वि.व्य.स.का प्रतिनिधि स्थानीयहरुको सहभागितामा सबै विद्यालयहरुलाई ग्याँस सिलिण्डर र चुलो वितरण गरिएको हो।
विद्यालयलाई धुवाँ मुक्त बनाउन र दिवा खाजा कार्यक्रमलाई ब्यवस्थापन गर्न ग्याँस चुलो वितरण गरिएको वडाअध्यक्ष शन्तोष सिंह कोट्टारीले बताउनुभयो । विद्यार्थीले दैनिक विद्यालय जादा दाउरा बोकेर लैजानुपर्ने झन्झटबाट मुक्त गर्न पनि ग्याँस सिलिण्डर र चुलो वितरण गर्नुपरेको उहाँको भनाई छ । उक्त कार्यक्रमका लागि डेढ लाख बजेट खर्च भएको बताइएको छ ।
वडा भित्र रहेका दुई वटा माध्यमिक विद्यालय र सात आधारभुत तहलाई दुई दुई वटा सिलिन्डर र एक एक चुलो वितरण गरिएको छ । यस अघि मार्मा गाउपालिका वडा नम्बर तीन ले वडा भित्र रहेका विद्यालयलाइ ग्यास सिलिन्डर चुलो र थालहरु वितरण गरेको छ ।

ताजा समाचार