क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर

महेन्द्रनगर: सञ्जु महर। क्रिकेटर सन्दीप लामिछाने जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भएका छन्। जिल्ला अदालत, काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी रहेको फैसला सुनाएको छ।

एक सातादेखि चलिरहेको अन्तिम सुनुवाइपछि जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजालासले उनलाई आज दोषी ठहर गरेको हो।

उनलाई कति सजाय गर्ने भन्ने तय गर्न पुष २५ गते पेशी तोकिएको छ। २०७९ भदौ ६ गते राति लामिछानेले जबर्जस्ती करणी गरेको भन्दै नाबालिकाले गौशाला प्रहरी वृत्तमा भदौ २१ मा किटानी जाहेरी दिएकी थिइन्।

ताजा समाचार