कञ्चनपुर ।कञ्चनपुर नेत्रहिन संघको आयोजनामा २१५ औँ विश्व ब्रेल दिवस मनाएको छ ।
आज बिहिबार नेत्रहिन संघको आयोजना गएको कार्यक्रम विश्व ब्रेल दिवस २०२४ को अवशरमा दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरु विच अन्तर्क्रिया कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा प्रेम वहादुर बोहराको अध्यक्षता सञ्चालन भएको कार्यक्रममा सुदरपश्चिम प्रदेश तळाहिन संघका महासचिव हिमाल रोकायाको प्रमुख आथित्वमा तथा विशिष्ट अतिथि शुसिल थापा लगायत कञ्चनपुर नेत्रहिन संघका कार्यसमिति का व्यक्तिहरु तथा अन्य संघ संस्थाका पदाधकारीहरु,दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरुको उपस्थितियमा कार्यक्रम सञ्चालन भएको थियो।
उक्त कार्यक्रममा दृष्टिविहिन अपाङ्गता भएका व्यक्तिहरु लाई ब्रेल दिवसको स्थापना देखि ब्रेलको बारेमा प्रसिक्षण कञ्चनपुर नेत्रहिन संघका उपाध्यक्ष अम्बा दत्त जोशीले दिएका थिए। विश्वम ब्रेल दिवस प्रत्येक वर्षको जनवरी ४ तारिकमा मनाइने गरिन्छ ।



