सयपत्री बहुद्देश्यीय सहकारी संस्थाको ५ बार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति:

कञ्चनपुर/पुस २१ कञ्चनपुरको भीमदत्त नगरपालिका वार्ड नम्बर ७ हल्दुःखालमा सयपत्री बहुद्देश्यीय सहकारी संस्थाको ५ बार्षिक साधारण सभा सम्पन्न भएको छ।

भीमदत्त नगरपालिका वार्ड नम्बर ७ हल्दुःखालमा रहेको सयपत्री बहुद्देश्यीय सहकारी संस्थाको ५ औं बार्षिक साधारण सभा मेरिगोल्ड बोर्डिङ्ग स्कुलको प्राङ्गणमा आज विबिध कार्यक्रम गरी सम्पन्न भएको हो ।


अहिले बैंक, सहकारी र वित्तीय क्षेत्रमा आएको तरलता बीच पनि छोटो समयमा नै सहकारीका शेयरधनी बचतकर्तालाई मुनाफा दिलाउन सफल भएको र सहकारीका पारदर्शी ढङ्गले सञ्चाल रहेको सहकारीका अध्यक्ष विष्णु दत्त पन्तले जानकारी गराउनु भएको हो।


कार्यक्रमका प्रमुख अतिथि वार्ड नम्बर ७ का अध्यक्ष एबं भीमदत्त नगरपालिका प्रवक्ता महेन्द्र खड्काले सहकारीले समाजमा गर्ने सामाजिक कार्य र पारदर्शी वित्तीय कारोबारको लागि भिमदत्त नगपालिका अन्तर्गतको सहकारी शाखाले सक्दो सहयोग गर्ने र त्यसो गर्दा अहिले सहकारीमा देखिने गरेका समस्याको समाधान हुने पनि उहाले बताउनु भएको हो।

कार्यक्रममा सहकारीका विभिन्न समितिले प्रतिवेदन प्रस्तुत गरिएको थियो भने शेयरधनी र बचतकर्ता बाट उठेका प्रश्नको जबाफ पनि सरोकार वालाले दिएका थिए कार्यक्रमलाई सहकारीका पूर्व सचिव गोपाल सिंह धामीले सञ्चालन गर्नु भएको हो। उक्त कार्यक्रममा सयौ सरोकारवालाको उपस्थिति रहेको थियो ।

ताजा समाचार