कञ्चनपुर, २२पुष राष्ट्रिय प्रजातन्त्र पाटी(राप्रपा नेपाल)का अध्यक्ष कमल थापाले राप्रपाले सत्ता केन्द्रित नगरेर सिद्धान्त केन्द्रित राजनीति गर्ने बताएका छन् ।
आइतबार राप्रपा नेपाल सुप प्रदेश समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले हिन्दू सत्ता र राजसत्ता पुर्न स्थापित नभए सम्म आफू सरकारमा नजाने प्रतिबद्धता जनाउँदै उनले राजनीति पसध्याउनका लागि दरबारले षड्यन्त्र गरेको बताएका छन् ।
अध्यक्ष थापाले पुर्व राजा ज्ञानेन्द्र शाहका सचिवहरुले राप्रपामा खेलेर आफुलाई अध्यक्षमा पराजित गराएको बताए । ‘म पराजित भएको होईन गराएको हो, ‘उनले भने, ‘मेरो नाममा छाप लागेर आएका ४सय ७२मत जानीजानी बदर गराईयो, ‘सिङ्गो निर्वाचन समिति नै परिचालन गराईयो ।’ आफुले आएको परिमाण स्वीकार गर्दै, पाटी अध्यक्ष राजेन्द्र लिङदेनलाई बधाई समेत दिएर पाटीको आन्तरिक मामिलामा हस्तक्षेप भएको लेख्न आब्हान गरेपनि मेरो भावनामाथि खेलवाड भएको भन्दै पाटीबाट अलगिएको बताए ।
राजसंस्था पुर्नस्थापनाका लागि शतिशाल झै उभिएका मान्छेलाई राजावादीहरुले यसरी सिध्याउन खोजेको थापाको तर्क थियो । राजाले पाटी खोले राजा सकिने समेत चेतावनी दिदै, राजा सबैका साझा र राजसंस्थालाई सबैले उपयोग गर्नुपर्ने बताए । थापाले प्रादेशिक संरचना परिर्वतन गर्नुपर्ने बताउदै वर्तमान प्रादेशिक संरचना परिर्वतन गर्नुपर्ने बताएका हुन ।
प्रदेश सरकार भ्रष्टिकरण, कमिसनखोरी, दलालीकरणदेखि अनियमिततामा लिप्त भएपछि मुलुकको आन्तरिक सार्वभौमिकतामा खतरा उत्पन्न हुने भएकाले संघीयता खारेजी गर्नुपर्ने बताए । अध्यक्ष थापाले जनताको सरकार भन्दा भ्रष्टाचारीको सरकार बन्न लागेको भन्दै प्रदेश सरचना खारेजीको विकल्प नभएको तर्क गरेका छन ।
