विद्यार्थी नेता विष्टद्वारा जन्मदिनमा अनाथ बालबालिकालाई शैक्षिक समाग्री

प्रकाशित मिति:

सुवर्ण प्रशाद जोशी, कञ्चनपुर, पुष २४ कञ्चनपुरका एक विद्यार्थी नेताले आफ्नो जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई शैक्षिक समाग्री सहयोग गरेका छन ।

अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला संयोजक भुवन सिह विष्टले जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई शैक्षिक समाग्री सहयोग गरेका हुन । नेकपा माओवादी केन्द्र निकट क्रान्तिकारी कञ्चनपुर संयोजक विद्यार्थी नेता विष्टले मंगलबार भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित रहेका समाजकल्याण बाल अनाथालयमा बस्दै आएका बालबालिकालाई शैक्षिक समाग्री तथा फलफुल खाद्यान्न वितरण गरेका छन ।

फजुल खर्च भन्दा बेसाहरा अनाथ बालबालिकाको पढाईमा टेवा पु¥याउने उदेश्यका साथ कापि, कलम, फलफुल तथा मिठाई वितरण गरिएको क्रान्तिकारी कञ्चनपुरका संयोजक विष्टले बताए । ‘मैले जन्मदिनमा ठुलो फजुल खर्च गर्नुभन्दा विद्यार्थीकै हकहितका क्षेत्रमा संघर्ष गर्ने हामीहरुले विद्यार्थी त्यसमा पनि सबैभन्दा बढि मारमा परेका विद्यार्थीलाई उनीहरुको उत्साहका लागि शैक्षिक समाग्री दिएको छु, ‘उनले भने, ‘यो हाम्रो एक प्रयास पनि हो ।’

अखिल क्रान्तिकारी कञ्चनपुरका सयोजक एव विद्यार्थी नेता विष्टले आफ्नो जन्मदिन आफुहरुसंगै मनाउनुका साथै शैक्षिक समागीदेखि फलफुल, मिठाई वितरण गरेपछि अनाथ बालबालिकापनि हर्षित भएका छन ।

ताजा समाचार