महेन्द्रनगर । भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीको विदाई गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत गौलीको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सरुवा भएको छ ।
नगरपालिकाले बुधबार साँझ एक कार्यक्रमका बिच गौलीको विदाई गरेको छ । विदाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गौलीले आफ्नो लाईफमा भीमदत्त नगरपालिकाका नगरप्रमुख पदम बोगटी जस्तो नगरप्रमुख देश मै पाउन नसकिने बताए ।
‘मेरो लाइफमा मैले भीमदत्त नगरपालिकामा वेष्ट नगरप्रमुख पाए ।’ प्रमुख प्रशासकीय अधिकृत गौलीले भने ‘ कर्मचारीलाई स्वतन्त्र रुपमा काम गर्ने वातावरण सिर्जना गर्ने मेयर मलाई लाग्छ उहाँ मात्र हुनुहुन्छ ।’ उनले अगाडि भने ‘यो नगरपालिकामा काम गर्ने वातावरण छ । यति सहयोगी, कर्मचारीलाई स्वतन्त्र रुपमा काम गर्न दिने उहाँ जस्तो नगरप्रमुख सायदै हुनुहुन्छ होला ।’
उनले भीमदत्त नगरपालिकामा आफू आउँदा नगरपालिकामा धेरै समस्या र चुनौती रहेको बाताए । ‘म यो नगरपालिकामा हाजिर हुँदा यो नगरपालिकामा सजिलो अवस्था थिएन, तर म चुनौती र समस्यालाई सामना गर्नु पर्छ भनेर यहाँ आएको हो ।’ उनेले भने ‘यहाँ १२/१३ जना अनुभवी कर्मचारीहरुलाई अख्तियारमा मुद्वा लागेर निलम्बित गरिएको अवस्था थियो ।’
उनले अगाडि भने ‘त्यो अवस्थामा पनी नगरपालिकाले थुप्रै काम गरेको छ ।’ यस्तै भीमदत्त नगरपालिकाले आफुलाई धेरै कुरा सिकाएको उनले बाताए । ‘मलाई यो नगरपालिकाले धेरै कुरा सिकाएको छ ।’ उनले भने ‘यो नगरपालिकामा काम गर्ने वातावरण छ, कर्मचारीलाई यति स्वतन्त्र रुपमा कम गर्न दिने नगरप्रमुख हुनुहुन्छ, यहाँ काम गर्ने वातावरण छ ।’
उनले अगाडी भने ‘यहाँको समाजले रेस्पोन्स चाहेको छ ‘ स्थानीय निकाय सञ्चालनका अनुभूवी प्रमुख प्रशासकीय अधिकृत गौली गत आर्थिक वर्षको सुरुमा हाजिर भएका हुन् ।
अघिल्लो आर्थिक वर्षको चैतमा भीमदत्त नगरपालिकामा उनको सरुवा भए पनि जेठमा भएको स्थानीय तह निर्वाचनका कारण उनी नयाँ आर्थिक वर्षमा मात्रै हाजिर भएका थिए । प्रमुख प्रशासकीय अधिकृत गौलीले असहज अवस्थामा पनि भीमदत्तको कुशल प्रशासनिक नेतृत्व गरेको नगरप्रमुख बोगटीले बताए ।
अख्यितार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि नगरपालिकाका कर्मचारी निलम्बनमा परेर भीनपामा समस्या आएको छ । प्रमुख प्रशासकीय अधिकृत गौलीले ती सबै असहजतालाई सामना गरी प्रशासनको नेतृत्व गरेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत गौलीको स्थानमा महेश बहादुर बम नयाँ प्रमुख प्रशासकीय अधिकृत आउन लागेका छन् । दार्चुलाको दुहु गाउँपालिकामा कार्यरत बम केही दिन अघि नै विदाई गरी आई सकेका छन् ।
नयाँ प्रमुख प्रशासकीय अधिकृत बम पनि स्थानीय निकाय र स्थानीय सरकार सञ्चालनका अनुभवी मानिन्छन् ।