भिमदत्त नगरपालिका प्रवक्ता वडा अध्यक्ष मृत फेला

प्रकाशित मिति:

कञ्चनपुर/पुस२६ कञ्चनपुरको भिमदत्त नगरपालिकाका प्रवक्ता वडा ६ का अध्यक्ष समेत रहेका महेन्द्र खड्का मृत फेला परेका छन ।

नगरपालिका वडा क्षेत्रमै रहेकाे महाकालि सिचाई नहर छेउकाे सडकमा माेटर साईकल सहित सडक लडेकाे मृत अवस्थामा भेटिएका  हुन्।

हिजो बुधबार अवेर साझ सम्म नगरपालिकामा सार्वजनिक सुनुवाई र त्यसपछि नगर कार्यकारि अधिकृतकाे बिदाई गर्नमा खड्का ब्यस्त थिए ।

बिहीबार बिहान ५ बजे उनी मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ । प्रहरी घट्ना स्थलमा पुगेर के कति कारणले मृत्यु हुन पुग्याे प्रहरी अनुसन्धान हुन बाकि रहेको छ । स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

ताजा समाचार