रौटेलास्थित बैजनाथ धाममा नेपालको नक्सा तयार गरिँदै

प्रकाशित मिति:

महेन्द्रनगर/पुस २६ । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं ८ रौटेलास्थित बैजनाथ धाम वृद्धा आश्रममा नेपालको नक्सा तयार गरिँदै छ ।

वृद्धा आश्रमको परिसरमा नेपाली सेनाको श्रीदल गुल्म भगतपुर ब्यारेकका सैनिक जवानले सिमेन्टको प्रयोग गरी नेपालको नक्सा तयार गर्दैछन् ।

उक्त स्थलमा सुन्दर वातावरण,बैजनाथ धाम,पिकनिक स्पोर्ट, धारा पानीको राम्रो व्यवस्था भएकाले प्रयटकिय तथा पिकनिक स्थलको रूपमा विकसित हुँदै गइरहेको छ । नेपालको नक्सासहित लघु पार्कसमेत निर्माण गरिरहेका छन् ।

ताजा समाचार