सन्तोष धानुक/महेन्द्रनगर माघ १। कन्चपुरमा जिल्ला स्तरिय एन प्यबसन खेलकुद महोत्सव सुरु हुने भएको छ। सोमबार महेन्द्रनगरको कैलाश होटेलमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन नेपाल (एन प्याबसन) कञ्चनपुर जिल्ला कार्य समितीले माघ ३ गतेदेखी ६ गतेसम्म १६ औँ जिल्ला स्तरिय एन प्याबसन खेल महोत्सवको आयोजना हुने जानकारी एन प्याबसन जिल्ला सचिब एबम खेलकुद संयोजक बलदेव भट्टले जानकारी दिएका हुन।
महेन्द्रनगरको खुल्ला मञ्चमा माननीय रमेश लेखक को प्रमुख आथित्यमा माघ ३ गते १२ बजे खेलकुद महोत्सवको उद्घाटन हुने भएको छ। सास्कृतिक छलिया बाजा ,झाकी ,थारु नाच नेपाली सास्कृतिलाई झल्काउने किसिमका कार्यक्रमहरु पनि राखिएको छ भने उक्त ठाउँबाट प्रभात फेरी गरिने र खेलकुद महोत्सव भने कभर्डहलको प्राङगणमा बिभिन्न खेलकुदहरु हुने बताएका हुन। अहिले आधारभुत तहदेखी नै कक्षा १२ सम्म बिभिन्न चरणमा हाईजम्प लङ जम्प, दौड भलिबल, टेवल टेनिस, ब्याट मिन्टन लगायतका खेलकुद खेलाईने उनले जानकारी दिए ।
जिल्लाभरमा १ सय ३५ वटा सदस्य विद्यालयहरु रहेको जसमध्ये ६० भन्दा बढी विद्यालयहरुको सभागिता रहने भएको छ । साथै, राष्टिपती रनिङ सिल्डमा ११ र १२ का विद्यार्थीहरुले मात्रै सहभागिता जनाउने र बाँकी तलका विद्यार्थीहरुले नपाउने भएपछि उनिहरुलाई कम मात्रामा खेलमा सहभागी गराईने भएकाले उनिहरुको पनि प्रतिभालाई मध्ये नजर गर्दै यो वर्षदेखी आधारभुत विद्यालयलाई पनि सहभागी गराई खेल गराईने एन प्याबसन जिल्ला सचिव एवम खेलकुद संयोजक बलदेव भट्टले जानकारी दिएका छन् ।

एन प्याबसन कञ्चनपुरका अध्यक्ष झंकरराज जोशीले स्वास्थ का लागि खेलकुद र रास्ट्रका लागि खेलकुद बिवद्यार्थीहरुको आन्तरिक प्रतिभाहरुलाइ बाहिर प्रस्फुटन गर्नका लागि क्षमताको पहिचान गर्न र आफ्नो भविश्यमा खेलकुदलाई पेशाा बनाएर अगाढी बढाउनका लागी यो खेलकुदको आयोजना गरिएको बताए । खेलबाट आपसी सदभाव विद्यार्थीहरुको अनुशासन पहिचान गर्ने मौका मिल्ने भएकाले पनि यसको आयोजना गरिएको उनले बताए ।
येसै गरि खेलकुद महोत्सवमा १२८ स्वर्ण, १२८ रजत, १३६ कास्य पदकका लागि खेलाडीको भिडन्त हुनेछ । खेलकुदलाई आधार मानेर जिल्ला खेलकुदले पनि खेलाडीहरु छनौट गर्ने भएकाले पनि यो खेलकुदबाट पनि त्यस्ता प्रतिभावान खेलाडीहरुले आफनो कला क्षमता देखाएर आफनो भविश्य खेलकुदमा अगाढी बढाउने अवसर को रुपमा पनि यो १६ औ जिल्ला स्तरिय एन प्याबसन खेल महोत्सव रहेको एन प्याबसन कञ्चनपुरका अध्यक्ष झंकरराज जोशीले बताए ।

