बैतडीमा बँदेलको आक्रमणमा परि २ जना गम्भीर  घाइते 

प्रकाशित मिति:

  सन्तोष धानुक। महेन्द्रनगर /७ माघ  बैतडीको मेलौली नगरपालिका–२ सलेनामा बँदेलको आक्रमणमा परि दुई जना घाइते भएका छन् । घाइते हुनेमा सलेनाका अन्ताजी ३२ वर्षीय ओम प्रकाश जोशी  र सोही वडा घाङल बस्ने मने दयालकी ९ वषीया छोरी करिस्मा दयाल रहेकी छन् ।

आइतबार ३ बजेको समयमा घरमै बसीरहेको अबस्थामा  जोशीमाथी बदेलले आक्रमण गरी घाइते बनाएको हो, त्यसै गरि  ९ वर्षीया बालिकालाई पनि आइतबार करिब ५ बजेको समयमा घर नजिकै घाइते बनाएको हो ।
 बालिकाको आखामा गम्भिर चोट लागेको र घाइते भएकी छ्न भने जोशीको खुट्टामा गम्भिर चोट लागेको स्थानिय  प्रकाश जोशीले जानकारी दिएका छ्न। घाइते जोशी र दयाललाई  सलेना स्वास्थ्य चौकीमा सामान्य उपचारपछि डडेल्धुरा रेफर गरिएको छ ।

 यही पुष ११ गते पनि सोही वडाका राम बहादुर चन्दलाई पनि बँदेलको बथानले आक्रमण गरी घाइते बनाएको थियो । दिनदाहाडै बदेलले मानिसमाथि आक्रमण गर्न थालेको स्थानीयहरु त्रसित बनेका छन् । मेलौली नगरपलिका–२ र ३ बँदेल आतंकित क्षेत्र हो । यहाँ वर्षैपिच्छे बदलेजन्य घटना भइरहने गरेका छन् ।

बदेँलका कारण खाद्यान्न तथा अन्न बाली जोगाउनै धौधौ  हुने र बर्सेनि अन्न बालिमा क्षेती पुग्ने  गरेको र मानिसहरुमाथि पनि आक्रमण गर्ने गरेका घटनाहरु भइरहेको स्थानिय बिक्रम जोशीले बताए ।
 हालै सरकारले बँदेलले आक्रमण गर्दा वा खाद्यान्न बालीमा क्षति पु¥याएका बखत मार्न समेत सकिने प्रावधान ल्याएको छ भने  यस्तो अवस्थामा कुनै कानुन नलाग्ने सरकारले ल्याएको प्रावधानमा उल्लेख गरिएको छ । 

ताजा समाचार