समाचारको हेडलाईन बन्न तयार थिएन  ईच्छा बिरुद्ध  गरियो :  एलिना चौहान


सन्तोष धानुक ।महेन्द्रनगर ९ माघ  गायिका एलिना चौहानले आफु सार्बजनिक ब्यक्तित्व भएको  चासो राख्नु स्वाभाविक भएको तर आफु सङ्ग  पनि आफ्नो  व्यक्तिगत जीवन रहेको र  गोप्य कुराहरु राख्न पाउने   अधिकार आफूसँग मात्र भएको बताएकी छिन्।

केही दिन यता सञ्चारमाध्यममा उनको प्रेमसम्बन्ध चर्चा नचुलिदै  ब्रेकअप भएको भनेर  समाचार आएपछि उनले सञ्चारमाध्यमले आफूलाई मानसिक तनाव दिएको जिकिर गरेकी छिन्।

उनले एक स्टाटस लेख्दै  आफ्नाबारे आएका समाचारबारे भनेकी छिन्, ‘के कसैले मलाई सोधेर यो समाचार बनाएको हो ?के कसैलाई मैले बनाउन लगाएको हो ?’

उनले सामान्य गफ गरेको भरमा आफूलाई नसोधि आफ्नो   इच्छाबिना समाचार  हेडलाइन बनाएको  प्रति खेद  प्रकट गरिन् र आफ्नो मानसपटलमा हानी पुगेको आफ्नो समाजिक सन्झालमा लेखिकिछ्न।

उनले आफ्नाबारे समाचार लेख्नुभन्दा समाजका बारेमा संचारकर्मीहरूले सानो कलम चलाइदिँदा सभ्य समाजको निर्माण हुने भएकाले तेता तर्फ ध्यान दिन आग्रह गरेकी छिन्।

ताजा समाचार