भीमदत्त नगरपालिकाले गरेको सम्मानले समस्या समाधान भइरहेको छः ललित सार्की

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाले आफ्नो पाचौँ स्थापना दिवसको अवसरमा विभिन्न विधामा १३ जना व्यक्ति र एक संस्थालाई सम्मान गर्यो ।

आइतवार स्थापना दिवसको अवसरमा नगरपालिकाले विभिन्न विधाका १४ पुरस्कार एवम् सम्मान पत्र वितरण गरेको थियो । नगरपालिको स्थापना दिवसका अवसरमा सम्मान पाउनेमध्ये एक हुन भीमदत्त नगरपालिका–१० श्रिलङकाका १७ वर्षिय ललित सार्की ।

नगरपालिकाले सार्कीलाई सरकारी विद्यालयबाट अध्ययन गरी एमबिबिएस अध्ययनका लागि पूर्ण छात्रवृति प्राप्त गरेकोले एनडी प्रकाश चटौत युवा प्रतिभा पुरस्कारले सम्मान गरेको हो । नगरपालिकाले सम्मान गरेपछि सार्कीका समस्या समाधान हुदैँ गइरहेका छन् ।

‘मैले घरमै बसेर एमबिबिएस प्रवेश परीक्षामा नाम निकाल्न सफल भए ।’ उनले भने ‘तर आर्थिक अवस्था निकै कमजोर भएकोले काठमाण्डौँमा बस्न, खान र अन्य शैक्षिक सामाग्रीका लागि समस्या थियो । त्यसका लागि म नगरपालिका गइरहन्थ्ये ।’ उनले अगाडी भने ‘भीमदत्त नगरपालिकाले आफ्नो स्थापना दिवसका अवसरमा मलाई नगद सहित सम्मान पत्रले पुरस्कृत ग¥यो । त्यो सम्मानले मेरा समस्या समाधान भइरहेका छन् ।’ नगरपालिकाले सम्मान गरेपछि विभिन्न मिडियामा आफ्नो बारे समाचार प्रकाशित हुदाँ अहिले थुप्र्रै सहयोग प्राप्त भइरहेको उनले बताए ।

‘नगरपालिकाले सम्मान गर्नु पूर्व न म मिडिया संग पुगेको थिय, न कतैबाट सहयोग आइरहेको थियो ।’ उनले भने ‘नगरपालिकाले सम्मान गरेपछि मिडिया,सामाजिक सञ्जालमा समाचार आएपछि अहिले थुप्र्रै संस्था एवम् व्यक्तिहरुले सहयोग र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिरहनु भएको छ ।’

ताजा समाचार