सुप प्रदेशका डिएसपी आचार्य पुरस्कृत

कञ्चनपुर, माघ ९ सशस्त्र प्रहरी बल नेपाल कञ्चनपुर सीमावर्ती क्षेत्रमा कार्यरत एक काबिल अधिकृत पुरस्कृत भएका छन । प्रस्तावित सशस्त्र प्रहरी बल गड्डाचौकीका गुल्मपती सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) सुदन आचार्य पुरस्कृत भएका हुन ।

गुल्मपति सशस्त्र प्रहरीका डिएसपी आचार्यलाई सशस्त्र प्रहरी बल बैद्यनाथ बाहिनी अत्तरिया सुदूरपश्चिम प्रदेशले पुरस्कृत गरेको जनाएको छ । सुदूरपश्चिम प्रदेशभर सीमा क्षेत्रमा रहेका ५८ सशस्त्र प्रहरीका यूनिट ( प्रस्तावित गुल्म, बिओपी र बेस) मध्ये प्रस्तावित गुल्म गड्डाचौकी प्रदेशभरीबाटै उत्कृष्ठ कार्य सम्पादनमा छनौट भएको थियो । सोही आधारमा उक्त गुल्मका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक आचार्यलाई उत्कृष्ठ कार्य सम्पादन गरेको भन्दै पुरस्कृत एव सम्मान गरिएको हो ।

मंगलबार सशस्त्र प्रहरी बलको २३ औँ स्थापना दिवसको अवसर पारेर सशस्त्र प्रहरीका डिएसपी आचार्यलाई उत्कृष्ठ गुल्मपति अवार्ड प्रदान गरिएको सशस्त्र प्रहरीले जनाएको छ । डिएसपी आचार्यले आफ्नै नेतृत्वमा सीमा चोरी तस्करी अपराध नियन्त्रण एव राजस्व चुहावटमा महत्वपूर्ण भूमिका निर्वाह गरेको मुल्याङकन गर्दै सम्मान गरेको छ । उनलाई शैलेश्वरी गण र बैजनाथ बाहिनी कार्यालयले सम्मान एव पुरस्कृत गरेको छ ।

प्रमाण पत्रका साथै मेडल दिएर सम्मान गरेको छ । सशस्त्र प्रहरीका डिएसपी आचार्यलाई मुख्यमन्त्री कमल बहादुर शाह र सशस्त्र प्रहरी बल सुप प्रदेशका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक(डिआईजी) कुमार न्यौपानेले सम्मान एव पुरस्कार हस्तान्तरण गरेका थिए ।

डिएसपी आचार्यले प्रस्तावित सीमा सुरक्षा बल गड्डाचौकी गुल्मको जिम्मेबारी सम्हालेपछि भन्सार चोरी तस्करी सीमा अपराध, राजस्व चुहावट नियन्त्रणमा निर्मम कार्बाही चलाएका छन । उनको कार्यको सरोकारवाला क्षेत्रबाट समेत प्रसंसा गरिएको छ ।

ताजा समाचार