भीनपा-५ का वडाध्यक्ष अवस्थीद्वारा विपन्न परिवारका ४० जना विद्यार्थीलाई जुत्ता,मोजा सहयोग

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष पदमराज अवस्थीले आफनो तलब, भत्ता बाट विद्यार्थीहरुलाई जुत्ता र मोजा सहयोग गरेका छन् ।

वडा नं.५ स्थित सत्यावादी माध्यमिक विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीहरु आर्थिक अभावका कारण जुत्ता र मोजा नलगाएर विद्यालय जानुपर्ने अवस्था नरहोस् भन्ने उद्देश्यले ४० जना विपन्न परिवारका विद्यार्थीलाई जुत्ता र मोजा सहयोग गरेको वडाध्यक्ष अवस्थीले बताए ।

‘विपन्न परिवारका विद्यार्थीहरु आर्थिक अभावका कारण जुत्ता र मोजा नलगाएर विद्यालय जानुपर्ने बाध्यता नरहोस् भन्ने उद्देश्यले त्यस्ता विपन्न परिवारका ४० जना विद्यार्थीहरुका लागि जुत्ता र मोजा वितरण गरिएको हो ।’ उनले भने ।

वडाध्यक्ष अवस्थीले यसअघि विद्यार्थीहरुलाई टाई,ब्याल्ड तथा पोसाकका लागि आर्थिक सहयोग समेत गरेका थिए । उनले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

ताजा समाचार