विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण(फोटोमा हेर्नुहोस)

महेन्द्रनगर । भीमदत्त नगरपालिका-३ ले विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरेको छ ।

भीमदत्त नगरपालिका-०३ स्थित रहेका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई ट्रयाकसुट वितरण गरिएको भीमदत्त नगरपालिका-३ का वडासदस्य मीना कुवँरले बताइन् ।

आइतबार वडाध्यक्ष गगन सिंह धामीको अध्यक्षता एवम् नगरप्रमुख पदम बोगटीको प्रमुख आतिथ्यतामा वडास्थित वैजनाथ माध्यमिक विद्यालय तिलकपुर,नवदुर्गा कालिका आधरभुत विद्यालय नवदुर्गा टोल र गौरीशंकर आधारभुत विद्यालय नौलाखेलका विद्यार्थीहरुलाई टि-सर्ट र ट्रयाकसुट वितरण गरिएको वडासदस्य कुवँरले बताइन् ।

ताजा समाचार